२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

लाङटाङ जलविद्युत्लाई लगानी जुटयो

काठमाडौँ — रसुवामा निर्माण हुने लाङलाटङ जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । २० मेगावाटको आयोजनामा ४ बैंकले २ अर्ब ७३ करोड लगानी गर्ने भएका छन् ।

लाङटाङ जलविद्युत्लाई लगानी जुटयो

सनराइज बैंकको अगुवाइमा सिद्धार्थ बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक र जनता बैंकले आयोजनामा लगानी गर्ने भएका हुन् । बुधबार बैंक र आयोजनाबीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको हो ।

आयोजना मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको हो ।

आयोजनाका लागि करिब ४ अर्ब ५ करोड लगानी अनुमान गरिएको छ । आयोजनाको लागि सेयरबाट १ अर्ब ३२ करोड संकलन गर्ने तयारी छ ।

आयोजनाको सिभिल, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल, ट्रान्समिसन लाइनलगायत मुख्य संरचना निर्माणका लागि चिनियाँ कम्पनी छोङगिङ वाटर टर्वाइन वक्र्स (सीडब्लूटीडब्लु) सँग ठेक्का सम्झौता भइसकेको आयोजनाले जनाएको छ ।

आयोजना २०७७ पुसमा पूरा हुने अनुमान छ ।

प्रकाशित : भाद्र २१, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?