कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

दोब्बर बढयो इरिक्सा

शंकर आचार्य

पर्सा — वीरगन्ज नाकाबाट इरिक्सा/टेम्पोको आयात बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा यस्ता सवारीको आयात झन्डै दोब्बरले बढेको वीरगन्ज भन्सारको तथ्यांकले देखाएको छ ।

दोब्बर बढयो इरिक्सा

अघिल्लो आवमा ९४ करोड ८० लाख रुपैयाँ राजस्व बुझाएर ७६ करोड ८३ लाख रुपैयाँ बराबरको ४ हजार ९ सय ८९ थान यस्ता सवारी साधन आयात भएका थिए ।

गत आवमा १ अर्ब ६० करोड रुपैयाँ भन्सार महसुल बुझाएर १ अर्ब २८ करोड ८४ लाख रुपैयाँ बराबरको ८ हजार ६ सय ६२ थान यस्ता सवारी साधन आयात भएका छन् । अत्यधिक आयातकै कारण वीरगन्ज भन्सार कार्यालयको गत आवमा राजस्व वृद्धि भएका मुख्य १० वस्तुको सूचीमा यो चौथो नम्बरमा परेको छ ।

समग्रमा अटोरिक्सा टेम्पो समूहका सवारी साधनमा इरिक्सा र पेट्रोलबाट चल्ने टेम्पो झन्डै आधाआधाको हाराहारीमा हुने गरेको भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादव बताउँछन् । ४ वर्षयता यो नाकाबाट इरिक्सा/टेम्पोको आयात हुने क्रम अत्यधिक बढेको उनले बताए ।

मुलुकभरि नै यस्ता सवारी साधनको प्रयोग पछिल्ला केही वर्षयता बढदो क्रममा रहेकाले यिनको आयात पनि बढेको हो । इरिक्साको आयात गर्दा १० प्रतिशत भन्सार शुल्क मात्र लाग्छ । सरकारले विद्युत् ब्याट्रीबाट चल्ने वातावरणमैत्री यस्तो रिक्साको आयातलाई प्रोत्साहित गरेको हो ।

पेट्रोलबाट चल्ने टेम्पो आयात गर्दा मूल्यको ३० प्रतिशत भन्सार, ५५ प्रतिशत अन्त:शुल्क र यी दुवै जोड्दा आउने रकमको थप १३ प्रतिशत मूल्य अभिवृद्धि कर गरी करिब १ सय २८ प्रतिशत शुल्क लाग्ने गर्छ ।

यो नाकाबाट आयात हुने इरिक्सा/टेम्पो भारत र चीनमा निर्मित हुन्छन् । ४ वर्षअघिको मधेस बन्दको समयमा तराईका अधिकांश जिल्लामा अन्य सवारी साधन नचलेको बेला इरिक्साले यात्रु ढुवानी गरेको थियो ।

प्रकाशित : भाद्र २२, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?