अर्थ / वाणिज्य
भाद्र २३, २०७५

प्रतिवेदन लुकाएर ‘अयोग्य’ झाको पुनर्नियुक्ति

अयोग्य भन्दै काम गर्न रोकेर मन्त्रिपरिषद्बाट बर्खास्त गरिएका दिगम्बर झालाई मन्त्रिपरिषद्ले नै पुन: नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको छ ।

भाद्र २२, २०७५

लमजुङमा नक्कली नोट छ्यापछ्याप्ती

एउटै नम्बर अंकित १ हजार रुपैयाँका नक्कली नोट बेंसीसहरका बजारमा छ्यापछ्याप्ती देखिएको छ । एकै दिनको अघिपछि उक्त नोट बजारमा भेटिएपछि आर्थिक कारोबारमा संलग्न ग्राहक तथा वित्तीय संस्थामा त्रास फैलिएको छ ।

ट्रेड युनियन र मालिकलाई पनि टिप

होटल तथा रेस्टुरेन्टमा खानपानपछि बिलमा उठेको रकममा उपभोक्ताले तिर्दै आएको १० प्रतिशत सेवा शुल्कबाट अब ट्रेड युनियन र व्यवसायी पनि लाभान्वित हुने भएका छन् ।

कुलेखानी जलाशय भरिँदै

जलाधार क्षेत्रमा भदौ महिनामा वर्षा भएकाले यो वर्ष कुलेखानी जलाशय भरिने भएको छ । विगत २ वर्ष जलाधार क्षेत्रमा थोरै वर्षा भएकाले कुलेखानी भरिएको थिएन ।

ADVERTISEMENT
ADVERTISEMENT

चलनमा ४ खर्ब ७० अर्ब रुपैयाँ

थोरै धेरै भए पनि तपाई हामी सबैको गोजीमा पैसा हुन्छ । अब अनुमान गर्नुहोस् । सबै नेपालीसँग कति पैसा होला ? उत्तर हामीले भन्नु पर्दैन । राष्ट्र बैंकको तथ्यांकअनुसार गत आइतबारसम्म ४ खर्ब ७० अर्ब रुपैयाँ बराबरका मुद्रा चलनमा छ ।

पुनर्निर्माणमा स्थानीय तह परिचालन गरिने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका निजी आवासलगायतका भौतिक संरचनाहरूको पुनर्निर्माणमा स्थानीय तहलाई परिचालन गर्ने भएको छ ।

काम नगर्ने ३६ जलविद्युत् आयोजनालाई स्पष्टीकरण

उत्पादन अनुमति पाएको लामो समयसम्म पनि प्रगति कम देखिएका तीन दर्जन आयोजनालाई विद्युत् विकास विभागले स्पष्टीकरण सोधेको छ ।

जुम्लाको स्याउ ६ दिनमा आइपुग्यो

जुम्ला, मनाङ, मुस्ताङलगायत जिल्लाका किसानलाई अहिले स्याउ टिपेर बेच्न भ्याई नभ्याई छ । चाडबाडलाई लक्ष्य गर्दै किसानहरू स्याउ टिपेर बिक्री गर्न व्यस्त छन् । त्यसो त जुम्लामा फलेको स्याउको स्वाद राजधानीबासीले पनि लिने अवसर छुटाएका छैनन् ।

दोब्बर बढयो इरिक्सा

वीरगन्ज नाकाबाट इरिक्सा/टेम्पोको आयात बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा यस्ता सवारीको आयात झन्डै दोब्बरले बढेको वीरगन्ज भन्सारको तथ्यांकले देखाएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

३१ भदौदेखि जनकपुर–पटना बस सेवा

प्रदेश २ को राजधानी जनकपुर तथा भारत विहार प्रदेशको राजधानी पटनासम्म चल्ने बहुप्रतीक्षित बस सेवा भदौ ३१ गतेदेखि विधिवत् सुरु हुने भएको छ । यात्रीहरूका लागि अग्रिम टिकट बुकिङसमेत सुरु भइसकेको छ ।