कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

असोजमा बिमा सम्मेलन

काठमाडौँ — असोजमा अन्तर्राष्ट्रिय बिमा सम्मेलन हुने भएको छ । करिब १८ वर्षपछि नेपालमा यस्तो सम्मेलन हुन लागेको हो ।

असोजमा बिमा सम्मेलन

असोज ९ र १० गते (सेप्टेम्बर २५ र २६ तारिख) एसोसिएसन अफ इन्स्योरर्स एन्ड रिइन्स्योरेन्स अफ डेभलपिङ कन्ट्रिज (एआईआरडीसी) को २१ औं सम्मेलन नेपालमा हुन लागेको हो । सन् २००० मा नेपालमा यस्तो सम्मेलन भएको थियो ।


‘बुल्डिङ फाइनान्सियल रेजिलेन्स (डिजास्टर रिस्क फाइनान्सिङ एन्ड इन्स्योरेन्स’ मूल नाराका साथ सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा विभिन्न २९ राष्ट्रका बिमा कम्पनी, पुनर्बिमा कम्पनी र नियामक निकायहरूको सहभागिता रहनेछ । सम्मेलनमा खासगरी पछिल्लो समयमा तीव्र रूपले बढिरहेको जलवायु परिवर्तनको कारणले हुने जोखिम र साइबर जोखिम बिमामार्फत कसरी सुरक्षण गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल हुने बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले बताए ।


बिमा क्षेत्रको विकास तथा विस्तारका साथै बिमासम्बन्धी चेतना अभिवृद्धिका लागि पनि सम्मेलनले महत्त्वपूर्ण योगदान पुग्ने बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बताए ।


सम्मेलनले विभिन्न विकासशील राष्ट्रहरूबीच बिमासम्बन्धी अभ्यास तथा अनुभव साटासाट गर्न साझा प्लेटफर्म उपलब्ध हुने एआईआरडीसी उपाध्यक्ष विजयबहादुर शाहले बताए ।

प्रकाशित : भाद्र २५, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?