अर्थ / वाणिज्य

Nepali Business & Economics News

धानका लागि मल छैन

धानबालीमा मल हाल्ने समय हो यो । तर, बजारमा मल पाइँदैन । सरकारले यो वर्ष समयमै कृषकलाई पर्याप्त मल उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । त्यो प्रतिबद्धता पूरा हुन सकेको छैन । मल अभावमा धानको उत्पादन घट्ने भन्दै कृषकहरू चिन्तित छन् ।

धानका लागि मल छैन

वैदेशिक रोजगारमा जानेको एकीकृत सूचना

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गृह र परराष्ट्र मन्त्रालयसँग समन्वय गरी एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली सोमबार स्थापना गरेको छ । कामदारलाई चाहिने आधारभूत सूचना पाउनका लागि ‘मोबाइल एप्स’ समेत सार्वजनिक गरेको छ ।

वैदेशिक रोजगारमा जानेको एकीकृत सूचना
भाद्र २५, २०७५

बैंकले जुनसुकै बेला ऋणको ब्याज घटाउन सक्ने

बैंक तथा वित्तीय संस्थाले जुनसुकै बेला ऋणको ब्याजदर घटाउन पाउने भएका छन् । हालै जारी भएको एकीकृत निर्देशनमार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो । यसअघि आधार ब्याजदर (बेस रेट) मा आएको परिवर्तनअनुसार त्रैमासिक रूपमा मात्र घटबढ गर्न पाइने व्यवस्था थियो ।

बैंकले जुनसुकै बेला ऋणको ब्याज घटाउन सक्ने

‘पारवहन समझदारीले भारतको एकाधिकार तोडियो’

भारतीय सञ्चार माध्यमले नेपाल र चीनबीच शुक्रबार काठमाडौंमा भएको व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा भएको समझदारीले पारवहन सुविधामा भारतको एकाधिकार तोडिएको जनाएका छन् ।

‘पारवहन समझदारीले भारतको एकाधिकार तोडियो’

प्राधिकरणमा झाको बहाली

विवादास्पद दिगम्बर झाले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका रूपमा पदबहाली गरेका छन् । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले झालाई आइतबार मन्त्रालयमा शपथ खुवाएपछि झाले आफ्नो काम सुरु गरेका हुन् ।

प्राधिकरणमा झाको बहाली

२ आयोजना बनाउन बंगलादेशको प्रस्ताव

बंगलादेशले दुई जलविद्युत् आयोजना संयुक्त रूपमा बनाउन नेपाललाई प्रस्ताव गरेको छ । बंगलादेशका ऊर्जा तथा खानी स्रोतमन्त्री नसरुल हमिदले ऊर्जामन्त्री वर्षमान पुनसँग सुनकोसी २ र सुनकोसी ३ जलविद्युत् आयोजना संयुक्त लगानीमा बनाउन प्रस्ताव राखेको मन्त्री पुनको सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

२ आयोजना बनाउन बंगलादेशको प्रस्ताव