कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

नाडामा १५ हजार अवलोकनकर्ता

काठमाडौँ — ‘नाडा अटो सो’ १५ हजारले अवलोकन गरेका छन् । नाडाका उपाध्यक्ष कृष्ण प्रसाद दुलालका अनुसार पहिलो दिनमा ५ हजारले टिकटमार्फत अवलोकन गरेका थिए ।

नाडामा १५ हजार अवलोकनकर्ता

अटो सोको दोस्रो दिन १० हजारले अवलोकन गरेको दुलालले बताए । ‘दुई दिनको अवधिमा भीडभाड राम्रै छ,’ उनले भने, ‘सहभागीबाट उत्साहित नै छौं ।’ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल एवं ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजको आयोजनामा सुरु अटो सो ३१ गतेसम्म चल्नेछ ।


सोमा १९ वटा ब्रान्डका चारपांग्रे तथा २० वटा ब्रान्डका दुईपांग्रे सवारी साधन राखिएको छ । टायर, मोबिल, ब्याट्रीलगायत स्पेयर पार्टसको पनि स्टल राखिएको छ । अटो सोबाट सुरक्षित ड्राइभिङ, ट्राफिक नियमको पालना र सडक सुरक्षासम्बन्धी जनचेतनाको अभिवृद्धि गर्ने जनाएको छ ।

प्रकाशित : भाद्र २८, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?