कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

लेयर्स कुखुरामा लगानी बढ्दै

आश गुरुङ

काठमाडौँ — बेंसीसहर नगरपालिका २ बोहराबेंसीका ज्ञानेन्द्र बोहराले अण्डा पार्ने ९ हजार लेयर्स कुखुरा पालेका छन् । उनले खोरसहितको व्यवस्थापनमा ३ करोड लगानी पुगेको बताएका छन् ।

लेयर्स कुखुरामा लगानी बढ्दै

बेंसीसहर ७ त्रिवेणीटोलका विश्व पौडेलले राइनास ९ तार्कुघाटमा ५ हजार लेयर्स कुखुरा पालेका छन् । भौतिक संरचनासहित लगानी ५ करोड पुगेको उनले बताए । अझै ४ हजार कुखुरा थप्ने तयारी उनको छ । १२ हजार कुखुरा पाल्ने क्षमताको खोर छ ।

अण्डा उत्पादक संघका अध्यक्षसमेत रहेका बोहराका अनुसार जिल्लामा करिब ४० जना कुखुरापालकले अण्डा दिने कुखुरा पालेका छन् । यसमा लगानी कम्तीमा १५ करोड रुपैयाँ पुगेको छ । अहिले ५६ हजार लेयर्स कुखुरा अण्डा उत्पादनकै लागि पालिएको उनले बताए । ५० हजारले दैनिक अण्डा पारिरहेका छन् । बिग्रिएका फालेर करिब ४० हजार अण्डा दैनिक उत्पादन हुने गर्छ ।

जिल्लामा करिब ८० हजार लेयर्स कुखुरा पाल्ने क्षमताको भौतिक संरचना निर्माण भएको छ । व्यवसायीका अनुसार एक हजार कुखुरा पाल्न कम्तीमा १० लाख रुपैयाँ लगानीमा खोर बनाउनुपर्छ । ८० हजार कुखुरा अट्ने खोर बनाउन कृषकले कम्तीमा ८ करोड लगानी गरेका छन् । एउटा कुखुराको लागत ७ सय रुपैयाँ पर्छ ।

एक हजार कुखुरा पाल्न ७ लाख रुपैयाँ पर्छ । ५६ हजार कुखुरामा व्यवसायीले ३ करोड ९२ लाख रुपैयाँ लगानी गरेका छन् । कतिपयले जग्गा किनेर कुखुरापालन व्यवसाय गरेका छन् भने कतिपयले उक्त ठाउँमै थप भौतिक संरचना निर्माण गरी बसेका छन् । यसमा करिब ४ करोड रुपैयाँ लगानी भएको अनुमान व्यवसायीले गरेका छन् ।

लमजुङमा साढे १० रुपैयाँदेखि १२ रुपैयाँसम्म कुखुराको अण्डा होलसेलमा बिक्री गर्ने गरिएको छ । दैनिक ४० हजार अण्डाबाट ४ लाख ४० हजार रुपैयाँ आम्दानी हुन्छ । आकारमा हेरेर ४ देखि ५ वटा छुटयाई प्रतिपेटी १ हजार ८ सय ५० रुपैयाँदेखि २ हजार ३ सय रुपैयाँसम्म होलसेलमा बिक्री गरिएको छ । एक पेटीमा ७ क्रेट अण्डा हुन्छ । व्यवसायी पौडेलका अनुसार १२ हजार कुखुरा अट्ने खोरमा पूरै कुखुरा राख्न सकिएको छैन । ‘अण्डा उत्पादन राम्रो भए पनि बिक्री सन्तोषजनक छैन । बाहय जिल्लाबाट अण्डा आउनेक्रम बढेसँगै जिल्लाको अण्डा बिक्री भएन,’ उनले भने ।

व्यवसायी बोहराका अनुसार पछिल्लो समय चितवनमा अण्डाको भाउ बढेसँगै जिल्लाका कृषकमा केही राहत महसुस भएको छ । तर, अण्डाको मूल्य घटाएर बेंसीसहर ल्याई बिक्री गर्ने गरेका छन् । ‘कम्तीमा १५/२० करोडको लगानी छ । यो लगानी एक किमिसले धरापमा छ । हामी सर्वसुलभ मूल्यमा अण्डा दिन तयार छौं । बाहय जिल्लाबाट अण्डा ल्याउन भएन,’ उनले भने । जिल्लालाई अण्डामा आत्मनिर्भर बनाउन तयार भए पनि बिचौलियाका कारण व्यवसाय धरापमा पर्दा कतिपय व्यवसायीले कुखुरा पाल्न छोडेका छन् ।

प्रकाशित : भाद्र ३१, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?