निगमद्वारा फेरी पेट्रोलियम पदार्थकाे मूल्य वृद्धि

पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ बढ्याे
राजु चाैधरी

काठमाडौँ — सोमबार राति १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको साविकको खुद्रा मूल्यमा वृद्धी गरेको छ । निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतका अनुसार स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ बढाइएको छ ।

निगमद्वारा फेरी पेट्रोलियम पदार्थकाे मूल्य वृद्धि

यससँगै अब पेट्राेलकाे नयाँ मूल्य ११४ र डिजेल/मट्टितेलको १०१ कायम हुने भएकाे छ ।

निगमले केही साता यता अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य रुपमा वृद्धी भएको र अमेरिकी डलरको तुलनामा नेपाली तथा भारतीय मुद्राको समेत अवमुल्यन भएकोले मूल्य वृद्धी गर्नुपरेको आयल निगमले जनाएको छ।

प्रकाशित : आश्विन १, २०७५ २२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?