कुनबानसँग पीपीए

काठमाडौँ — सुस्मित इनर्जी र नेपाल विद्युत् प्राधिकरणबीच २० मेगावाट जडित क्षमताको कुनबान खोला जलविद्युत् आयोजनाको विद्युत् खरिद गर्ने सम्झौता (पीपीए) भएको छ ।

कुनबानसँग पीपीए

सम्झौतामा प्रवद्र्धक कम्पनीका अध्यक्ष सुशील पोखरेल र प्राधिकरणका उपकार्यकारी निर्देशक जनदीश्वरमान सिंहले बुधबार हस्ताक्षर गरेको हुन् । म्याग्दीको मुडी गाउँपालिकामा आयोजना निर्माण हुनेछ ।

प्राधिकरणले आयोजनाबाट उत्पादित विद्युत् हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षामा ४ रुपैयाँ ८० पैसामा खरिद गर्नेछ । आयोजनाले वार्षिक १ सय १५ दशमलव ५१ गिगावाट ऊर्जा उत्पादन गर्ने अनुमान छ ।

आयोजनाबाट उत्पादित विद्युत् २० किलोमिटर लामो प्रसारण लाइन निर्माण गरी डाँडाखेतस्थित विद्युत् प्राधिकरणको प्रस्तावित १३२ केभीए सबस्टेसनमा ल्याएर जोड्ने योजना छ । आयोजनाको कुल लागत ३ अर्ब ८० करोड रुपैयाँ हुने अनुमान छ ।

यस आयोजनामा विभिन्न बैंकबाट ७० प्रतिशत ऋण र विकासकर्ता कम्पनीबाट ३० प्रतिशत स्वपुँजी लगानी जुटाइनेछ । सन् २०२४ को फेब्रुअरीदेखि विद्युत् उत्पादन गर्ने गरी प्राधिकरणसँग सम्झौता भएको हो ।

प्रकाशित : आश्विन ४, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?