पर्यटक भिसा सेटिङको छानबिन सुरु

काठमाडौँ — पर्यटक भिसाको सेटिङमा संलग्न भएको आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले दुई अधिकृतमाथि छानबिन गर्न जिम्मेवारीमुक्त गरेको छ ।

पर्यटक भिसा सेटिङको छानबिन सुरु

गत बिहीबार कान्तिपुरमा ‘पर्यटक भिसाको सेटिङ’ शीर्षकमा दुबई लगायतका खाडी देशमा काम खोजिदिने आश्वासन दिँदै नेपालीलाई पठाउने गिरोहमा अध्यागमन अधिकृतहरूको संलग्नता रहेको समाचार प्रकाशित भएको थियो ।

विमानस्थलस्थित अध्यागमन प्रमुख राजेश पौडेलका अनुसार समाचार छापिएलगत्तै त्यसमा उल्लेखित तथ्य, सेटिङमा पर्यटक भिसामा प्रस्थान अनुमति दिने अध्यागमन अधिकृत तथा अनुमति दिनाको कारणबारे बुझ्न समिति गठन गरिएको छ ।

प्रकाशित : आश्विन ६, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?