कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

क्षतिग्रस्त विद्युत् आयोजनाको मर्मत तीव्र

अनिश तिवारी

सिन्धुपाल्चाेक — भूकम्प, भोटेकोसी बाढी र पहिरोबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाहरूको मर्मतले तीव्रता पाएको छ । भोटेकोसीदेखि सुनकोसी क्षेत्रमा रहेका साना ठूला आयोजनाहरू छिटोभन्दाछिटो सञ्चालनका लागि मर्मत भइरहेको हो ।

क्षतिग्रस्त विद्युत् आयोजनाको मर्मत तीव्र

भूकम्पका कारण जिल्लाभरका अनुमानित ७२ मेगावाट क्षमताका जलविद्युतको उत्पादन बन्द हुन पुगेको थियो ।

त्यसबेला जलविद्युतको करोडौको संरचना तहनहस भएको थियो । अहिले पहिरो थामिँदै अवरुद्ध सडक सहज हुन थालेपछि जलविद्युत्को कार्यले गति लिन थालिसकेको छ ।

भोटेकोसी गाउँपालिकाको मार्मिङ हयाङ्लेमा छयादी खोलाको तटमा रहेको ६ दशमलव ७ मेगावाटको लाफिङबुद्ध हाइड्रो पावरले मर्मतकार्य सबै सकेर उत्पादन थालिसकेको छ । ‘मार्मिङ जोड्ने सडक बनाएर आयोजनाको कामलाई तीव्र बनाइरहेका छौं,’ कम्पनीका कार्यकारी निर्देशक खुमा अर्यालले भने, ‘अहिले आयोजनाबाट ६ दशमलव ५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । अप्पर, मिडिल र लोअर गरी लाफिङले तीन शाखाबाट विद्युत् उत्पादन गरिरहेको छ ।

पहिराको अवरोध झेल्दै आएको ३ मेगावाट क्षमताको भोटेकोसी गापा लार्चास्थित भैरवकुण्ड हाइड्रो पावर कम्पनीले तयारी अवस्थामा फर्किसकेको छ । ४८ करोडको लागतमा सम्पन्न गरिने लक्ष्य राखिएको भैरवकुण्ड हाइड्रोको प्राकृतिक विपत्तिपछि रोकिने अवस्थामा पुगेको थियो । मुख्य इन्टेक र टनेलको मर्मतको कामलाई गति दिइरहेको आयोजनाका सञ्चालक रामकाजी पौडेलले बताए । ‘अब चाँडै विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ तयारीमा जुटेका छौं,’ उनले भने ।

त्यसैगरी बलेफी गाउँपालिकाको माखा लामोसाँघुमा रहेको सुनकोसी जलविद्युत् वितरण केन्द्र पुरानै अवस्थामा फर्केको छ । भोटेकोसीको कटानमा परेको केन्द्रले दुई मेगावट विद्युत् उत्पादन गरिरहेको थियो । भोटेकोसी र सुनकोसी करिडोरमा रहेका मात्रै नभई जिल्लाभरका जलविद्युत् आयोजना तंग्रिने क्रममा देखिन्छन् ।

प्रकाशित : आश्विन ८, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?