नेप्सेमा वृद्धि कारोवार रकम घट्यो

रासस

काठमाडौँ — धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९ दशमलब ९५ बिन्दुले बढेर एक हजार २२८ दशमलब २८ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २ दशमलब ३६ बिन्दुले बढेर २६१ दशमलब ४ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकमा वृद्धि भए पनि कारोवार रकममा भने उल्लेख्य वृद्धि हुन सकेन । कूल १६५ कम्पनीको आठ ६२ हजार ३६८ कित्ता शेयर रु २५ करोड २२ लाख ९१ हजार ५४० मूल्य बराबरको शेयर कारोवार भएको छ । आज कूल दश उपसमूहको शेयर कारोवार भएकोमा दुई उपसमूहको शेयर कारोवारमा भने घटेको छ ।

Yamaha

होटल ३५ दशमलब ३८ र उत्पादन समूह १२ दशमलब ४३ बिन्दुले घटेको छ । यस्तै बैंकिङ १२ दशमलब २७, विकास बैंक ११ दशमलब ८८, जलविद्युत् १ दशमलब ९४, वित्त ५ दशमलब ७२, निर्जीवन बीमा ४९ दशमलब ४३, अन्य ५ दशमलब ३२, माइक्रोफाइनान्स ९ दशमलब ६ र जीवन बीमा ७ दशमलब ७७ बिन्दुले बढेको छ ।

प्रकाशित : आश्विन २५, २०७५ १६:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

जनमुखी प्रशासनको आवश्यकता

रासस

दाङ — सभामुख कृष्णबहादुर महराले सवल राष्ट्रिय जनमुखी प्रशासन आजको आवश्यता रहेको बताएका छन् । 

प्रहरी दिवसको अवसरमा बिहीबार प्रदेश नम्बर ५ प्रहरी कार्यालयले दाङको तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख महराले प्रहरीले शान्ति सुरक्षा कायम गर्न कर्तव्यनिष्ट भएर काम गर्नुपर्ने आवश्यकता औँल्याए । उनले नेपाल प्रहरीले जनताका यावत समस्यालाई एकीकृत गरी जनभावना अनुरुप काम गर्नुपर्नेमा जोड दिँदै प्रहरीलाई निर्भिक र निडर भएर काम गर्न आग्रह गरे ।

प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले अमर प्रहरीको परिवारलाई प्रदेश सरकारले प्याकेजमा सहयोग गर्ने बताए । द्वन्द्वमा मारिएका परिवारका छोराछोरीलाई निःशुल्क पठनपाठनका लागि प्रदेश सरकारले नीति ल्याउने बताए ।

सो अवसरमा अमर प्रहरी परिवारका तर्फबाट निर्मला थापाले अमर प्रहरीलाई शहीद घोषणा गर्न माग गरिन् । सरकारकै काममा खटिँदा सहादत प्राप्त गरेकालाई सरकारले शहीद घोषणा नगर्दा पीडित परिवारलाई थप पीडा थपिएको उनको भनाइ थियो ।

सो अवसरमा ५ नम्बर प्रदेशभित्र रहेका विभिन्न जिल्लाका उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको थियो । प्रदेश नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा अमर प्रहरी परिवारलाई सभामुख महराले सम्मान गरेर्का थिए ।

प्रकाशित : आश्विन २५, २०७५ १६:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT