खाद्य संस्थानद्वारा च्याङ्ग्रा र खसीबोका बिक्री सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल खाद्य संस्थानले शुक्रबारदेखि च्याङ्ग्रा र खसीबोका बिक्री गर्न थालेको छ । संस्थानका महापबन्धक योगेन्द्र गौचनकाअनुसार थापाथलीस्थित गोदामबाट च्याङ्ग्रा प्रतिकेजी रु ७०० र खसीबोका रु ५०० मूल्यमा बिक्री हुन थालेको हो । 

दसैंका लागि मुस्ताङबाट एक हजार च्याङ्ग्रा र मकवानपुरबाट एक हजार खसीबोका ल्याउन लागिएकामा अहिले करिब ९०० च्याङ्ग्रा र ३०० खसीबोका बिक्री गर्न थालिएको र अरु आउने क्रममा छन् । च्याङ्ग्रा र खसीबोका ल्याइएका सम्बन्धित स्थानका जिल्ला खाद्य समितिले स्थानीय बजारको मागका आधारमा मूल्य निर्धारण गरी कृषकबाट खरीद गर्ने गर्दछ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा उक्त समितिको बैठक बस्ने गर्छ ।

Yamaha


दसैंको बेला उपत्यकामा मासुको अत्यधिक माग बढ्ने हुँदा त्यसको आपूर्तिमा सन्तुलन कायम गर्न संस्थानले विभिन्न जिल्लाबाट खसीबोका र च्याङ्ग्रा खरिद गरी ल्याएर उपभोक्तलाई बिक्री गर्दै आएको छ । यस कार्यले बजारमा बिचौलियाको न्यूनीकरण हुने र मूल्य माथिको एकाधिकार अन्त्य गर्न सहयोग पुग्ने महाप्रबन्धक गौचनले बताए । यही असोज ३० गतेसम्म ती चौपाया बिक्री गरिने जनाइएको छ ।

प्रकाशित : आश्विन २६, २०७५ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्

डा. भट्टराईलाई सुझावको चाङ

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकाको वाशिंगटन डीसी क्षेत्रमा बसोबास गर्ने गैरआवासीय नेपालीहरुले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेपालसंग अन्तर्क्रिया गरेका छन् ।

'भिजन फर अ डेभलप्ड नेपाल बाई २०४०' दिइएको उक्त कार्यक्रममा त्यस क्षेत्रका नेपाली मूलका बौद्धिकहरुको जमघट थियो । भट्टराईले कार्यक्रममा सन् २०२२ सम्ममा नेपाललाई बिकाशशिल मुलुक, २०३० सम्ममा मध्यम स्तरको आय भएको मुलुक र २०४० सम्ममा बिकसित मुलुक बनाउने आफ्नो कार्ययोजना रहेको बताएका थिए ।

कार्यक्रममा अमेरिकामा टनेल इञ्जिनियरका रुपमा चर्चा कमाएका डा. सन्दीप प्याकुरेलले काठमाडौं–हेटौडा सुरुङ्गमार्गलगायत नेपालका पहाडहरुमा सुरुङ मार्ग निर्माण गरे विकासमा अघि बढ्न सकिने बताएका थिए ।

त्यसैगरी डीसीको पोटोम्याक नदीको फोहोर पानीलाई प्रशोधन गर्ने कार्यमा संलग्न डा. बिपिन पाठक र डा. पुस्कर रेग्मीले काठमाडौँको बागमती र विष्णुमती खोलाको पानीलाईपिउन योग्यन बनाउन सकिने धारणा राखेका थिए ।

कार्यक्रममा बिश्व बैंकको मुख्यालयमा कार्यरत अर्थशास्त्री डा. गोबिन्द तिमिल्सिनाले सन् २०४० सम्ममा नेपाललाई बिकसित मुलुक बनाउनको लागि गर्नुपर्ने कामहरुका बारेमा प्रस्तुती दिएका थिए । कार्यक्रममा प्राध्यापक डा. गोपी उप्रेती, ई. ठाकुर ढकाल, ई. डिल्ली न्यौपाने र ई. मंगल महर्जनले पनि आआफ्नो विषयमा सुझावहरु दिएका थिए ।

कार्यक्रम अमेरिकन सोसाईटी अफ् नेप्लीज ईञ्जिनियर्स वाशिंगटन डीसी मेट्रोका अध्यक्ष उत्तम सेढाई र अमेरिका नेपाल सोसाईटीका पूर्व अध्यक्ष खेम भट्टचनको संयोजकत्वमा भएको थियो ।

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीले पुर्व प्रधानमन्त्री भट्टराईलाई कार्यक्रमका आयोजकलाई धन्यवाद दिएका थिए ।

प्रकाशित : आश्विन २६, २०७५ १६:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT