कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

अभिनेत्रीको अर्बपति यात्रा

धनीका कुरा
कुनै बेला अग्रेजी भाषा धाराप्रवाह बोल्न र उच्चारण गर्न नआउने सल्मा हायेक हलिउडकै चर्चित अभिनेत्रीमध्येमा पर्छिन् । अभिनय पेसाबाटै उनले १० अर्ब ३६ करोड ३३ लाख रुपैयाँभन्दा बढी कमाइसकेकी छन् ।
दिनेश यादव

काठमाडौँ — अंग्रेजी भाषा धाराप्रवाह बोल्न र उच्चारण गर्न आउँदैथ्यो उनलाई  । चलचित्रमा सानैदेखि उनको अभिरुचि थियो  । अझ हलिउडकै नायिका बन्छु भन्ने चाहना उनमा थियो । त्यसैले १२ वर्ष उमेरमा उनी अमेरिका जान नपाए आफू कक्षामा फेल हुने घुर्की आमाबुबालाई दिएकी थिइन् ।

अभिनेत्रीको अर्बपति यात्रा

छोरीको चेतावनीपछि आमाबुबाले उनलाई अमेरिकास्थित एउटा क्याथोलिक विद्यालयमा भर्ना गरिदिए । त्यहाँ धार्मिक महिला शिक्षिकाहरूसँग दुव्र्यवहार गरेपछि उनी निकालिएकी थिइन् । उनी आज हलिउडकै चर्चित अभिनेत्री बन्न सफल भइन् ।


उनी हुन्, मेक्सिकोको कोट्जाकोल्कोस भेराक्रुजमा ५२ वर्षअघि जन्मेकी सल्मा हायेक । एउटी मेक्सिकन र अमेरिकी चलचित्रकी अभिनेत्री र निर्माता पनि हुन् । उनी जन्मेको ठाउँ कोट्जाकोल्कोस तेल उत्पादन गर्ने ठूलो सहर हो । ‘ब्रिटानिका डट कम’ का अनुसार उनी उदार, राम्री र बुद्धिमान् अभिनेत्रीका रूपमा समेत चिनिन्छिन् । २० औं शताब्दीको अन्त्यमा उनले अमेरिकामा एउटा सफल चलचित्र करियर बनाउन सफल हुने पहिलो ल्याटिना अभिनेत्री पनि हुन ।


सल्मा हायेकका बुबा लेबनानी वंशका र आमा मेक्सिन/स्पेनिस हुन् । आमा ओपेरा गायन क्षेत्रकी लोकप्रिय कलाकार हुन् । पूर्वमोडलसमेत रहेकी उनले चर्चित चलचित्र उत्पादनसमेत गरेकी छन् । सल्मा एक स्व–घोषित ‘स्पोइल्ड ब्राट’ हुन्, जसले कोट्जाकोल्कस सहरमा बढदो हलिउड क्रेजमा आफ्नो प्रसिद्धि कमाउँदै सफल हुने सफना देखेकी थिइन्, त्यो पनि सानै उमेरमा । चलचित्रमा आउने सोच एउटा स्थानीय थिएटरमा ‘विल्ली वोन्का’ र ‘चकलेट फयाक्टरी’ (१९७१) हेरेपछि आएको एउटा साक्षात्कारमा बताएकी छन् ।


१२ वर्ष उमेरमा अभिनेत्री बन्ने सोच पछि अभिभावकले उनलाई लुइसियानास्थित न्यु अर्लिन्समा रहेको एकेदमी अफ ट सेक्रेट हर्टमा पठाएका थिए । त्यहाँ उनले ननहरूमाथि दुव्र्यवहार गरेपछि एकेदमीबाट निकालिएकी थिइन् । मेक्सिको सिटीको युनिभर्सिडैड इबेरोअमेरिकामा सहभागी भएपछि उनी गहन रूपमा अभिनय गर्नका लागि तयार भएकी हुन् । लगत्तै उनले टेरेसा (१९८९) मा ‘टाइटल’ भूमिमा निर्वाह गरिन् । एक विशाल सफल ‘सप ओपेरा’ जसले उनलाई आफ्नै मूल मेक्सिकोमा स्टारको स्थितिमा पुर्‍याइ दियो । त्यसो त चलचित्र बनाउने र आफ्नो प्रतिभाप्रति चिन्तित उनले सन्१९९१ मा ‘टेरेसा’ र मेक्सिको दुवै छाडिदिइन् ।


हार्टब्रोकन प्रशंसकहरू माझ मेक्सिकोका राष्ट्रपतिका साथ गोप्य सम्बन्ध कायम गरेकोबारे अफवाह फैलिएपछि सल्मा हायेक लस एन्जेसल हानिन पुगिन् । त्यहाँ २४ वर्षीया यी अभिनेत्रीले हलीउडसँग आशालाग्दो उत्साहका साथ सम्पर्क गरिन् । सन् १९९२ को उत्तरार्धमा हायेकले केही मात्रामा यसमा सफलता प्राप्त गरिन् । उनी स्ट्रिट जस्टिस (१९९१), द सिनबाड सो (१९९३), नर्स (१९९१) र एचबीओ शृंखला ड्रिम अन (१९९०) मा एउटी सेक्सी महिला नोकरका रूपमा देखा परिन् ।


एलिसन एन्डर्सको फिल्म एमआई बिदा लोका (१९९३) मा एउटा पंक्तिमा आफूलाई उभ्याउन सफल भइन् । २३ वर्षको उमेरमा एउटा मेक्सिकन टेलि–नोभेलामा नेतृत्दायी भूमिका पछि उनी मेक्सिकोमा स्टारका रूपमा आफूलाई स्थापित गर्न सफल भइन् । त्यसपछि उनले ‘एल क्लेजोन डे लोस मिलाग्रोस (मिराकल एल्ली)’ मा आफ्नो दमदार भूमिकामा अभिनय गरेपछि उनलाई ‘एरियल अवार्ड’ का लागि मनोनय गरिएको थियो । सन् १९९१ मा उनी हलिउडमा प्रवेश गरेकी हुन् । त्यसपछि त उनी पछाडि कहिले फर्किनन् । ‘डेसपेराडो’ (१९९५), ‘फ्रोम डक्स टिल डाउन’ (१९९६), ‘डोग्मा’ (१९९९) र ‘वाइल्ड वाल्ड वेस्ट’(१९९९) लगायतका चर्चित चलचित्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न उनी कम समयमै सफल भइन् ।


उनको ‘ब्रेकथ्रु रोल’ चाहिँ सन् २००२ मा ‘फ्रिदा’ चलचित्रमा एउटा मेक्सिन पेन्टर ‘फ्रिदा काल्हो’ को भूमिमा देखापरेपछि सुरु भएको बताइन्छ । यो भूमिकाकै कारण उनलाई एकेडमी अवार्ड, बाफ्टा अवार्ड, स्क्रिन एक्टर्स गिल्ड अवार्ड र गोल्डेन ग्लोब अवार्डलगायतका विभिन्न क्याटेगरीमा मनोनयन गरिएको थियो । यो चलचित्रले दर्शकदीर्घाको ध्यान मात्रै तान्न सफल भएन, व्यापारिक सफलतासमेत हात पार्‍यो । सन् २००४ मा उनी निर्देशित (बालबालिका/युवा/परिवारका लागि विशेष रूपमा निर्माण गरिएका) ‘दि म्याडोनाडो मिराकल’ मा ‘डेटाइम इम्मी अवार्ड’ पाएकी थिएन भने ‘आउटस्टेन्डिङ गेस्ट एक्ट्रेस इन कमेडी सेरिज’ का लागि सन् २००७ मा ‘इम्मी अवार्ड’ का लागि मनोनयममा परेकी थिइन् ।


त्यसपछि उनी ‘एबीसी’ टेलिभिजनको कमेडी–ड्रामा ‘अग्ली बेट्टी’ मा अथिति अभिनेत्रीका रूपमा भूमिका निर्वाह गर्न पुगिन् । उनले ‘एनबीसी’ को सन् २००९–२०१३ सम्म हास्य शृंखला ‘३० रक’ मा पनि अतिथि नायिकाका रूपमा आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । हायेकको अन्य चर्चित चलचित्रहरूमा ‘ग्राउ अप्स (२०१०), पस इन बुट्स (२०११), ग्राउन अप्स टु (२०१३), टेल अफ टेल्स (२०१५) र ‘द हिटम्यान्स बडिगार्ड (२०१७) रहेका छन् ।


‘सेलिब्रेटी नेट वर्थ’ का अनुसार उनको कुल सम्पत्ति १० अर्ब ३६ करोड ३३ लाख रुपैयाँभन्दा बढी रहेको छ । उनको सम्पतिको स्रोत भनेको चलचित्र अभिनय र निर्माण नै हो । हायेक आफंै एउटा धनाढय रोमन क्याथोलिक परिवारमा जन्मेकी हुन् । तर, उनी आफ्नै पौरख र परिश्रमबाट आज सफल भएकी हुन् । मेक्सिको एउटा सीमित टेलिभिजन शृंखला सञ्चालन गर्ने टीभीमा ‘टाइटल रोल’ बाट आफ्नो करियर सुरु गरेकी हायेक हलिउडमा स्थापित अभिनेत्री बनेकी छन् ।


मेक्सिकोको चलचित्र इतिहासमा सन् २००० तिर उनले चलचित्र उत्पादन गर्ने कम्पनी ‘भेन्टानारोसा’ स्थापना गरिन् । उक्त कम्पनीमार्फत उनली चलचित्र मात्रै होइन टेलिभिजन परियोजनासमेत सञ्चालनमा ल्याइन् । सन् १९९९ मा उनले आफ्नो निर्देशनमा पहिलो फिचर चलचित्र ‘एल कोरोनेल नो टिएन ले इस्क्राबा’ निर्देशन गरिन् । यो चलचित्र ओस्करका लागि मेक्सिकोको सरकारी छनोटमा परेको थियो ।

(एजेन्सीहरू)

प्रकाशित : आश्विन २७, २०७५ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?