कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

खसीबोका अभाव

पहिले दसैं सुरु हुनुभन्दा एक साताअघिदेखि नै तिब्बतका व्यापारीले जिल्लाको वसन्तपुर बजारसम्म बिक्रीका लागि हूलका हूल भेंडा र च्यांग्रा ल्याउँथे
कान्तिपुर संवाददाता

तेह्रथुम — दसैंलाई लक्ष्य गरी व्यापारीले यस पटक चीनबाट भेडाच्यांग्रा नल्याउँदा पूर्वका पहाडी जिल्लामा खसीबोकाको अभाव भएको छ  । संखुवासभा र ताप्लेजुङको उच्चपहाडी क्षेत्रबाट समेत यसपटक व्यापारीले खसी र च्यांग्रा नल्याएकाले मासुका लागि पहाडमा खसीबोकाको अभाव भएको हो  ।

खसीबोका अभाव

तराई तथा सहर बजारदेखि दसैंका लागि खसीबोका किन्न गाउँ पसेका दर्जनौं व्यापारी खसी नभेटेर रित्तो हात फर्किरहेका छन् । दिनभर गाउँ चाहार्दा पनि भने जस्तो खसी नभेटिएपछि सुनसरीको दुहबीदेखि पहाडको खसी किन्न धनकुटाको सिधुवा बजार आएका विजय खडका बुधबार रित्तै फर्किएका छन् ।


‘पहिलेको दसैंमा त रामै्र खसी भेटिन्थ्यो,’ उनले भने, ‘यो वर्ष त दु:ख मात्र पाइयो ।’ गाउँ र स्थानीय बजारमा भेटिएका खसीबोकाको मूल्यसमेत बढेकाले खसीबोका किन्न नसकिएको
उनले बताए ।


साताअघि मात्र पहाडका किसान र व्यापारीले समेत खसीबोकाको मासुमा प्रतिकेजी ५० रुपैयाँ मूल्य वृद्धि गरेका छन् । जसका कारण पनि पहाडमा खसीबोकाको मूल्य ह्वात्तै बढेको छ । पहाडका खसीको मासु स्वादिलो हुने भन्दै पूर्वी तराईका व्यापारीसमेत खसीबोका किन्न पहाड उक्लिने गरेका छन् ।


अघिल्लो वर्षको दसैंमा आफूले वर्षभरि पालेका खसीबोका बिक्री गर्न बजारतर्फ निस्कने किसान यो वर्ष न्यून देखिएका छन् । जिल्लाको संक्रान्ति, चुहानडाँडा, म्याङलुङ, वसन्तपुर, लसुने, जिरिखिम्ती, शुक्रबारेलगायत मुख्य बजारमा खसीबोका बिक्री गर्न आउने किसान कम देखिएका छन् ।


खसी बिक्रीका लागि ल्याउने किसानको संख्या भने गत वर्षको तुलनामा न्यून छ । खसी व्यापारी देवेन्द्र श्रेष्ठका अनुसार गाउँमा खसीपालन गर्ने किसानको संख्या घटिरहेकाले पनि अभाव भएको हो ।


गाउँमा रहेका सामुदायिक वनमा वस्तु चराउन उपभोक्ता समितिले प्रतिबन्ध लगाएपछि पछिल्ला वर्षहरूमा व्यावसायिक बाख्रापालन गिर्दो अवस्थामा छ । वन पाखा र जंगलमा भेंडाबाख्रा चराउन नपाएपछि धेरै किसानले व्यावसायिक बाख्रा पाल्नसमेत छाडेका छन् ।


बाख्रा पाल्न छाडेपछि मासुको अभाव चुलिँदै गएको लालीगुराँस नगरपािलका ७ सुङनामका किसान अम्बरबहादुर लिम्बुले बताए । यसको असर किसानदेखि व्यापारीसम्मलाई परेको छ । गाउँमा पालिएका खसीबोकाले त्यहीका बासिन्दालाई नपुगेपछि अघिल्ला वर्षहरूमा घरैमा खसी पाल्ने किसानसमेत यो वर्षको दसैंका लागि अन्यत्रको गाउँतर्फ खसी खोज्न निस्किएका छन् । गाउँमा खसीबोकाको अभाव भएपछि दसैंको मुखमा मासुको मूल्य अकासिएको छ ।


पहिले दसैं सुरु हुनुभन्दा एक साताअघिदेखि नै तिब्बतका व्यापारीले जिल्लाको वसन्तपुर बजारसम्म बिक्रीका लागि हूलका हूल भेंडा र च्यांग्रा ल्याउँथे । यी भेंडाच्यांग्राले जिल्लाको मासुको माग दसैंमा ३० प्रतिशत धान्थ्यो । तर गत पाँच वर्षदेखि भेंडाच्यांग्रा यहाँका बजारमा आएका छैनन् ।


प्रकाशित : आश्विन २९, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?