कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिदामा पनि इन्धन वितरण : निगम

कान्तिपुर संवाददाता

काठमाडौँ — आयल निगमले दसैंको बिदामा पनि इन्धन वितरण गर्ने भएको छ  । बजारमा इन्धन अभाव हुन नदिन सार्वजनिक बिदामा पनि वितरण गर्ने निगमले जनाएको हो  ।

बिदामा पनि इन्धन वितरण : निगम

‘इन्धन वितरणका लागि थानकोट डिपोमा १० जना कर्मचारी खटाएका छौं,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘समस्या आए तत्काल वितरण गर्छौं ।’


निगमले शुक्रबार ७ लाख ५० हजार लिटर पेट्रोल र ८ लाख २३ हजार लिटर डिजेल वितरण गरेको थियो । तर, शनिबार डिपो बन्द रह्यो । थानकोट डिपोबाट वितरण नहँुदा आइतबार पम्पमा सर्वसाधरणको भीडभाड देखिएको थियो । त्यसलगत्तै निगमले इन्धनको अपूर्ति बढाएको थियो । प्रवक्ता गोइतका अनुसार आइतबार १० लाख ३८ हजार लिटर पेट्रोल र १० लाख २९ हजार लिटर डिजेल वितरण भएको थियो ।


सोमबार ११ लाख ५० हजार लिटर पेट्रोल र ७ लाख ५० हजार लिटर डिजेल वितरण गरेको निगमले जनाएको छ । ‘मागको दोब्बर इन्धन वितरण गरेका छौं,’ प्रवक्ता गोइतले भने, ‘चाडबाडमा अभाव हुन दिंदैनांै ।’ निगमसँग पर्याप्त मौज्दात रहेकाले अभाव हुन नदिने उनले दाबी गरे । ‘शनिबार बन्द भएकाले एकैचोटि चाप बढयो । उपभोक्ताहरू एकै पटक जम्मा भएर भीड देखियो,’ उनले भने, ‘आत्तिनु पर्देन, आवश्यकताअनुसार सबै डिपो खुला हुन्छ ।’

प्रकाशित : आश्विन ३०, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?