कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्राधिकरणलाई १३ करोड नबुझाई फर्क्यो एयर एसिया 

कान्तिपुर संवाददाता

काठमाडौँ — शुक्रबारदेखि उडान रोक्दै मलेसिया फर्केको एयर एसियाले नागरिक उड्डयन प्राधिकरणलाई १३ करोड रुपैयाँ बक्यौता बुझाएन ।

प्राधिकरणलाई १३ करोड नबुझाई फर्क्यो एयर एसिया 

मलेसिया जाने नेपाली कामदारहरूलाई लक्षित गर्दै ६ वर्षअघि क्लालमपुर–काठमाडौं–क्लालमपुर रुटमा सस्तो भाडादरमा वाइडबडी विमान उडाएको थियो ।


यस एयरलाइन्सले अवतरण (ल्यान्डिङ), पार्किङ (बिसान), एयर नेभिगेसज (सञ्चार तथा उड्डयन सहायक सेवा), विमानस्थल विकास शुल्क, भाडाबापतको बाँकी साँवा रकम ७ करोड २१ रुपैयाँ अन्तिम समयमा बुझाए छ । ‘हामीलाई उसले साँवा रकम बुझायो,’ विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने, ‘तर, बक्यौता रकममा लाग्ने करिब १३ करोड विलम्ब रकम भने बाँकी नै रह्यो ।’ उसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०६९ सालदेखि २०७४ सम्मको तिर्नुपर्ने रकम हो ।


‘हामी जहाज रोक्न लागेका थियौं तर काठमाडौंस्थित मलेसियन दूतावासले रकम उपलब्ध गराउन पहल गर्ने जनाएकाले छाडिदियौं,’ क्षेत्रीले भने । बाँकी रकम चाँडै प्राप्त हुने उनले जनाए । पछिल्लोपटक नेपालबाट कामदार नपाइनु, नेपालस्थित उसले नियुक्त गरेको जेनरल सेल्स एजेन्ट (जीएसए) इन्सेन्टिभ ग्रुप अफ कम्पनीको विवाद लम्बिँदै जानुलगायतका कारण एयर एसियाले उडान नै बन्द गर्ने अवस्थामा पुगेको सम्बद्ध स्रोतले जनाएको छ ।

लामो दूरीका लागि सस्तो टिकट दरमा उडान गर्ने यो एयरलाइन्सले २०६९ असारदेखि नेपालमा उडान थालेको थियो । यसले ३ सय ७२ यात्रु क्षमता भएको एयरबसको वाइडबडी विमानमार्फत सेवा दिँदै आएको एयर एसियाबाहेक अहिले मलेसियाका लागि मलेसिया एयरलाइन्स, नेपाल एयरलाइन्स, मालिन्दो एयर र हिमालय एयरलाइन्सले पनि उडान गर्छन् ।

प्रकाशित : आश्विन ३०, २०७५ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?