सुपरम्यान लि का–सिङ

धनीका कुरा
दिनेश यादव

काठमाडौँ — आर्थिक अवस्था अत्यन्तै कमजोर भएको एक चिनियाँ परिवारमा ९० वर्षअघि लि का–सिङको जन्म भएको हो । विद्यालयमा पढ्दाताका बुबाको निधनपछि परिवारको जिम्मेबारी उनकै काँधमा थपियो  ।

सुपरम्यान लि का–सिङ

त्यही कारण पढाइ छाडेर काममा जान बाध्य भए । १५ वर्षमा उनी प्लास्टिक कारखानामा नोकरी थाले । यसबाट उनले व्यापारसँग सम्बन्धित धेरै अनुभव हासिल गर्न सफल भए । त्यही अनुभवले उनलाई सफलताको बाटो देखायो ।

विद्यालयबाट ‘ड्रपआउट’ लि आज विश्वका डलर अर्बपतिमा दरिएका छन् । लिले गरिब हुनुको पीडा प्रत्यक्ष भोगेका थिए । ‘मसँग मेरो बाल्यकालको तीतो अनुभव छ । मैले बुबाको पीडा देखेको छु, उहाँलाई बचाउन सकिएन, टीबी रोगबाट उहाँको निधन भयो,’ सन् २०१० मा अमेरिकी अखबार ‘फोब्र्स’ सँगको एक साक्षात्कारमा उनले भनेका थिए, ‘म पनि त्यो रोगबाट संक्रमित हुन पुगें ।’

गरिबीको पीडा र त्यो अवस्थामा मानिसबाट हुने असहयोग तथा बेवास्ताको तीतो अनुभवकै कारण आफू सफल भएको बताउँछन् । ‘यी पीडा र भोगाइहरू सम्भिँmदा मात्र पनि मेरो जीउ सिरिंग हुन्छ । तर मैले चुनौतीलाई स्वीकार्दै जटिलताहरू कम गर्ने माध्यमको खोजी गरें,’ उनले भने, ‘सावधानीपूर्वक आफ्नो योजना बनाउँदै अघि बढें, आज सफलताको शिखर चुम्न सफल भएको छु ।’

चीनको गुआङडोङमा जन्मेका लिको परिवार दोस्रो चीन–जापान युद्धमा सन् १९४० को दशकमा हङकङ प्रवेश गरेका हुन् । हङकङ छिरेको १० वर्षपछि सन लि आफैंले प्लास्टिक कम्पनी खोले । सन् १९७२ मा हङकङ स्टक एक्सजेन्जमा उनको कम्पनी सूचीकृत भयो । पछि रियल इस्टेट, दूरसञ्चार, सिपिङ र खुद्रासहितका क्षेत्रमा समेत लगानी गरे । तीन लाखभन्दा बढीलाई रोजगारी दिए ।

उनी सिके हटिसन होल्डिङका पूर्वअध्यक्ष पनि हुन् । यसै वर्षको मार्चमा कम्पनीबाट अवकाश लिएर सल्लाहकारका रूपमा अझै सक्रिय छन् । छोरा भिक्टरले कम्पनीको जिम्मेबारी सम्हालेका छन् । ५० भन्दा बढी मुलुकका कम्पनीमा ३ लाख २३ हजार भन्दा बढी कर्मचारी र सञ्चालक छन् । ‘फोब्र्स’ का अनुसार लिको कुल सम्पत्ति ३० दशमलव ३ अर्ब अमेरिकी डलर (रियल टाइम २५अक्टोबर २०१८) छ ।

एसियाकै प्रभावशाली व्यापारीमध्येका एक उनी ‘सुपरम्यान’ का रूपमा लोकप्रिय छन् । उनी खाँटी व्यापारीचाहीँ २१ वर्षकै उमेरमा भएका हुन् । आफूले बचत गरेको साढे ६ हजार डलर र आफन्तहरूको सापटीमा चेउङ कोङ प्लास्टिक उद्योग सञ्चालनमा ल्याएका हुन् । २१ वर्ष उमेरमा खोलेका चेउङ कोङ उद्योगले सबै खालको प्लास्टिकको उत्पादन गथ्र्यो । त्यसमा पनि प्लास्टिका फूलहरू उत्पादन प्राथमिकतामा थियो ।

ती फूलहरू बजारमा लोकप्रिय बन्न पुगे । पछि उनले होटेलमा समेत लगानी गरे । व्यापार सञ्चालन गर्ने बेला उनीसँग पर्याप्त सम्पत्ति थिएन । आत्मबल र अनुभव पर्याप्त थियो । उनले कलिलै उमेरमा उद्योगको ट्रेन्डबारे थाहा पाइसकेका थिए ।

उनले एउटा अन्तर्वातामा भनेका छन्, ‘ज्ञान र व्यापारबीच अन्तरसम्बन्धबाट सफलताको नजिक पुग्न सकिन्छ ।’ ‘फोब्र्स’ को यो वर्षको विश्वका प्रभावशाली व्यक्तिहरूमा ४६ औं र अर्बपतिको सूचीमा २३ स्थानमा छन् । हङकङका ५० जना सर्वाधिक धनायाढ्यमा उनी पहिलो हुन् । उनको अधिकांश लगानी प्रोपर्टी र टेक्नोलजीदेखि इनर्जीसम्म छ । सन् १९९९ लिका लागि सबैभन्दा ठूलो सफलताको वर्ष रह्यो । उनले आफ्नो मोबाइल फोन कम्पनी अरेन्ज जर्मन कम्पनीलाई बेचेका थिए, जसबाट १५ अर्ब अमेरिकी डलर नाफा भएको थियो ।

‘बिजनेस इन्साइडर’ का अनुसार परिवारलाई आर्थिक सहयोग पुर्‍याउनका लागि १६ वर्षको उमेरमा प्लास्टिक कारखानामा काम गर्न थाल्नु नै उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्न पुग्यो । उनी अत्यन्तै धेरै खट्ने स्वभावका थिए ।

दिनमा १६ घण्टा र सातामा सातै दिन काम गर्थे । आफ्नो परिश्रमका कारण उनी कारखानाका ‘टप सेल्सम्यान’ बन्न पुगे । १८ वर्षकै उमेरमा उनलाई फ्याक्ट्रीको प्रबन्धकमा बढुवा गरिएको थियो । त्यसपछि त लिको सक्रियता झनै बढेर गयो । यो क्रम उनले ८९ वर्षसम्मै जारी राखेका थिए । अवकाशपछि उनी पहिले जस्तैचाहिँ खट्दैनन् ।

आफ्नो पढाइ बीचैमा छाडे पनि लि सधंै सिकाइको भोको रहे । स्वतन्त्रतापूर्वक केही सीपहरू आफूले सिक्नैपर्ने सोच उनको सधंै रहयो । उनको पढाइमा पहिलेदेखि औधी रुची थियो । त्यसैले त उनलाई मनपर्ने पुस्तक पढ्न कहिल्यै छुटाउँदैनन् । उनी बिनाअनुभवको चेउङ कोङ कम्पनीको एकाउन्टिङको सबै हरहिसाब आफैंले गरेका थिए, त्यो पनि कम्पनी खोलेको पहिलो वर्षमै उनले यो काम गरेका थिए । पाठ्यपुस्तकहरूको स्वाध्यायनबाटै सबै कुरा सिकेका थिए । उनी व्यापार या कुनै पनि पेसामा लागेकाहरूलाई स्वाध्यायन गर्नमा जोड दिन्छन् ।

सन् १९५६ ताकाको कुरा हो, उनले एउटा यस्तो प्रस्ताव अस्वीकार गरिदिएका थिए, जसबाट उनलाई र कम्पनीलाई धेरै फाइदा थियो । अर्थात् उक्त प्रस्तावले उनलाई ३० प्रतिशत लाभ हुन्थ्यो र फ्याक्ट्रीको विस्तार गर्न अनुमति दिन्थ्यो । अस्वीकार गर्नुको कारणचाहिँ उनले यसअघि नै अर्को ग्राहकसँग मौखिक सम्झौता गरिसकेका थिए । उनी आज पनि यसलाई आफ्नो आदर्श सिद्धान्त मान्दछन् । धन हानि भए पनि वाचा पूरा गर्न कहिल्यै पछाडि हटेनन् । लि परोपकारी पनि उस्तै छन् । उनको नाममा खडा गरिएको ‘लि का–सिंग फाउन्डेसन’ ले २ दशमलव ६ अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग गरिसकेको छ । यो रकममध्ये ८० प्रतिशतचाहिँ ग्रेटर चाइनमा गएको छ ।

सन् १९९० जनवरी १ मा ५५ वर्ष उमेरमा श्रीमतीको निधनपछि उनी अत्यन्तै दुखित भएका थिए । आफूलाई सम्हाल्न उनले कयांै दिन खर्चनु परेको थियो । तर, राम्ररी नसम्हालिँदै अर्को घटना भइदियो ।

अर्धाङ्गिनी गुमाएको ६ वर्षपछि उनका जेठा छोरा भिक्टोरको सन् १९९६ मा अलोकप्रिय चिनियाँ मोबस्टर ‘बिग स्पेन्डर’ फिरौतीका लागि अपहरण भयो । छोरालाई छुटाउनका लागि उनले १ सय २७ दशमलव ५ मिलियन अमेरिकी डलर अपहरणकारीलाई दिएका थिए । पछि चिनियाँ प्रशासनले अपहरणकारीका नाइके चेउङ त्जे(केउङलाई पक्राउपछि मृत्युदण्ड दिएको थियो ।
स्रोत : एजेन्सी

प्रकाशित : कार्तिक १०, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?