कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

१० खर्बमा टिकेन एप्पल

एजेन्सी

क्यालिफोर्निया — सेयरको मूल्यमा ७ प्रतिशतले गिरावट आएपछि एप्पल १० खर्ब डलरको कम्पनीको स्थानबाट केही बेर तल झरेको छ।

१० खर्बमा टिकेन एप्पल

आइफोन निर्माता कम्पनीले नयाँ फोन महँगो मूल्यमा बिक्री गर्ने योजना सार्वजनिक गरेपछि केही अघि यसको सेयरको भाउ बढेको थियो तर नयाँ आइफोनको बिक्री भने घटेको छ।आगामी महिनामा आइफोनको बिक्री झन् घट्ने आकलन पछि एप्पलको सेयर मूल्यमा गिरावट आएको छ ।


एप्पलले आइफोन बिक्रीको संख्या सार्वजनिक नगर्ने घोषणापछि पनि उसको सेयर मूल्यमा गिरावट आएको विश्लेषकहरूको बुझाइ छ । एप्पलका कार्यकारीहरूले भने आफ्नो निर्णयको बचाउ गर्दै आइफोन बिक्रीको संख्याले मात्रै कम्पनीको आर्थिक अवस्थाको मापन गर्न नसक्ने बताउँछन् ।


विश्लेषकहरूको विचारमा भने एप्पलले आइफोन बिक्रीको सख्ंया सार्वजनिक नगर्नुलाई अन्यले भने बिक्री घटेको संकेतका रूपमा लिएको बताउँछन् । सन् २०१७ मा विश्वभर स्मार्टफोनको बिक्री संख्या घटेको छ । पछिल्लो वर्षमा पहिलो पटक स्मार्टफोनको बिक्री संख्या घटेको हो ।


आफ्नो नयाँ आइफोनको उच्च मूल्य कायम गर्ने एप्पलको कदमले उसको आइफोनको माग घटाउन मद्दत गरेको छ ।


एप्पलले सेप्टेम्बरसम्मको तेस्रो त्रैमासिकमा करिब ५ करोड आइफोन बिक्री गरेको छ । यो अघिल्लो वर्षको तुलनामा थोरै बढी मात्र हो । एप्पलले आइफोनबाट मात्रै भन्दा पनि आफ्नो एप स्टोर, एप्पल म्युजिक, एप्पल पेबाट पनि प्रसस्त पैसा कमाउँदै आएको छ।यी सर्भिसबाट कम्पनीले गरेको कमाइ सेप्टेम्बरसम्मको त्रैमासिकमा १० अर्ब पुगेको छ।


कम्पनीको २०१८ को आर्थिक वर्षमा नाफा २३ प्रतिशतले बढेको छ भने आम्दानी १६ प्रतिशतले वृद्धि भएको छ । एप्पलको सेयरको मूल्य घटे पनि पुन: यसले १० खर्ब डलरको कम्पनीको हैसियत पाएको छ । क्रिसमसको समयमा पनि आइफोनको बिक्री नबढ्ने अनुमानको कारण कम्पनीको सेयर मूल्य घटेको विश्लेषकहरूको अनुमान छ ।

प्रकाशित : कार्तिक १८, २०७५ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?