१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

छठमा केराको मूल्य दोब्बर

सन्तोष सिंह

धनुषा — छठ पर्वमा प्रसादका रूपमा चढाइने केराको मूल्य दोब्बर भएको छ । गत वर्षभन्दा यस वर्ष छठ एक महिना ढिला हुँदा केरा अभाव भएको हो । नेपालबाट गोपाल र भारतबाट चम्पा केरा छठका लागि जनकपुरमा खपत हुन गरेको जनकपुर फलफूल व्यवसायी संघका सचिव रवीन्द्र साहले बताए । 

गत वर्ष भारतबाट ६० ट्रक र नेपालबाट २५ ट्रक गरी धनुषाका लागि ८५ ट्रक केरा आएको थियो । ‘यस वर्ष छठ एक महिना ढिलो हुँदा नेपालमा उत्पादन हुने केरा अभाव भएको छ,’ उनले भने, ‘केरा अभाव भएकै कारण गत वर्ष ३ सयदेखि ६ सयसम्ममा बिक्री भएको केरा यस वर्ष ६ सयदेखि १ हजार सम्ममा बिक्री भइरहेको छ ।’


स्थानीय स्तरमा माग उच्च भए पनि आपूति बर्सेनि घट्दै गएपछि बाहिरबाट केरा मगाउनुपरेको जनकपुरका फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष रुदल साहले बताए । जनकपुरधाममा गोपाल केरा (सिंगापुरी), सप्तरी भारदह तथा इनर्वाबाट आयात गरिए पनि मालभोग केरा भारतको चम्पारणबाट हरेक वर्ष मगाउने गरिएको सचिव साहले बताए ।


अघिल्लो वर्ष जनकपुरमा २५ ट्रकभन्दा बढी केरा आएकामा यस वर्ष १२ ट्रक मात्र केरा आएको छ । भारतबाट ३० ट्रक र नेपालकै १२ ट्रक गरी ४२ ट्रक केरा कारोबार हुने सचिव साहले बताए ।

प्रकाशित : कार्तिक २५, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?