कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

१२० टन ओखर खपत

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानस्थित कृषि उपज बजारमा तिहारको बेला कोसी करिडोरको पहाडी जिल्लामा उत्पादित १ सय २० टन ओखर थोकमा बिक्री भएको छ । यो गत वर्षको तुलनामा २० प्रतिशत बढी हो । गत वर्ष सय टन ओखर बिक्री भएको थियो ।

१२० टन ओखर खपत

पूर्वी पहाडी जिल्लामा उत्पादित ओखरको मुख्य बजार भने पोखरा र जनकपुर रहेको कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । काग तिहारदेखि भाइटीकाको अघिल्लो दिनसम्म मात्र धरानमा ओखरको बजार लाग्ने गरेको छ ।


उक्त अवधिमा यसपटक ६० लाख रुपैयाँ बराबरका ओखर बिकेको भट्टराईले बताए । तिहारमा भाइटीकाको बेला मात्र बढी प्रयोग गरिने ओखरलाई पोषणविज्ञहरूले ‘ड्राई फ्रुट्स’ मध्येकै उत्तम मान्ने गरेका छन् ।


ओखरको गुदीमा पाइने फेनोलिक कम्पाउन्ड र एन्टी अक्सिडेन्टले क्यान्सर लाग्नबाट समेत बचाउने र ओमेगा २३ तथा मोनोस्याचुरेटेड फयाट प्रचुर मात्रामा पाइने पोषणविदहरूले बताएका छन् । पछिल्लो समयमा ओखरको कारोबार तिहार लक्षित भए पनि अरूबेला पनि बढदै गएको भट्टराईले बताए ।


उनले भने, ‘धरानमा ओखर कोसी पहाडी जिल्लाहरूबाट आउने गर्छ । त्यसमा पनि मुख्य गरी धनकुटाको बुधबारे क्षेत्रबाट बढी आउने गर्छ । विशेषगरी तिहारकै बेला यसको माग उच्च हुने गरेको छ ।’

प्रकाशित : कार्तिक २५, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?