कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहकारीको ६६ लाख हिनामिना गर्ने पक्राउ

रासस

घोराही — राप्ती गाउँपालिका–५ सिसहनियास्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पत्रकार सन्तोषकुमार गुप्ता पक्राउ परेका छन् । 

सहकारीको ६६ लाख हिनामिना गर्ने पक्राउ

सहकारी संस्थाका अध्यक्षसहित शेयर सदस्य, बचतकर्ताको उजुरीका आधारमा सहकारी संस्थाका ऋण समितिका संयोजक रहेका गुप्ता पक्राउ परेका हुन् । रु ६६ लाखभन्दा बढी रकम हिनामिना गरेको उजुरी इलाका प्रहरी कार्यालय भालुवाङमा परेपछि प्रहरीले अनुसन्धानका लागि गुप्तालाई नियन्त्रणमा लिएको हो ।


सहकारी संस्थाका व्यवस्थापक रमिता चौधरी र उनका श्रीमान् वसन्त चौधरी फरार छन् । पक्राउ परेका गुप्तालाई अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको र फरार व्यक्तिको खोजी जारी राखिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख रवीन्द्रराज पाण्डेले जानकारी दिएका छन् ।


'प्रहरी कार्यालयमा तीन जनाविरुद्ध किटानी जाहेरी परेको थियो। सोही आधारमा सन्तोषकुमार गुप्तालाई पक्राउ गरिएको हो', उनले भने,'अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।' तीनै जनाविरुद्ध सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा दाङ देउखुरी जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

प्रकाशित : कार्तिक २६, २०७५ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?