१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

कारोबार रकम तलमाथि परेको छैनः नेप्से

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल स्टक एक्सचेञ्जले कारोबार रकम तलमाथि परेको भन्दै आएको गुनासो हल्ला मात्रै भएको जनाएको छ । 

कारोबार रकम तलमाथि परेको छैनः नेप्से

कारोबार रकमलगायतका विषयमा अन्योलता बढेपछि केही लगानीकर्ताले एउटा दलालको देखिरहेको मूल्य र अर्को दलालमा देखिरहेको मूल्य फरक परेको गुनासो आएपछि नेप्सेले सोमबार एक विज्ञप्तिमार्फत् सो जानकारी गराएको हो । नेप्सेले अन्तर्राष्ट्रिय मान्यताअनुसारको प्रणाली जडान गरी प्रचलनमा ल्याएको र त्यस्तो प्रणाली जडान गर्दा केही दुविधा उत्पन्न हुनु स्वाभाविक भएको स्पष्ट पारेको छ ।


नयाँ कारोबार प्रणाली स्थापनापछि पनि बजार परिसूचक विधिमा परिवर्तन नगरिएको र त्यस सम्बन्धमा कुनै दुविधा नभएको नेप्सेले जनाएको छ । नयाँ प्रणाली सञ्चालनमा आएपछि लगानीकर्ताले सामाना गरेको मुख्य समस्या कारोवारको विवरणको अवस्था थियो । सो समस्या कारोवार प्रणालीसँग नभइ कारोवारको विवरण प्रसारण गर्ने माध्यममा भएको समस्या रहेको नेप्सेले जनाएको छ ।


कारोबार प्रणाली र बेवसाइट छुट्टाछुट्टै ‘डेटा सेन्टर’मा सञ्चालन हुने भएकाले प्रसारण गर्दा केही समस्या आएको भन्दै उक्त समस्या हाल समाधान गरिएको नेप्सेले स्पष्ट पारेको छ । नेप्सेले कात्तिक २० गतेदेखि अनलाइनमा आधारित पूर्ण स्वचालित प्रणाली सञ्चालनमा ल्याएको थियो । प्रणाली सञ्चालनमा आएपछि कारोवार रकम तथा तथ्याङ्क हेर्न समस्या देखिँदै आएको थियो ।

प्रकाशित : कार्तिक २६, २०७५ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?