सञ्चयकर्तालाई भोटेकोसीको सेयर

कान्तिपुर संवाददाता

काठमाडौँ — मध्य भोटेकोसी जलविद्युत् कम्पनीले बुधबारदेखि सेयर बिक्री खुला गरेको छ । कर्मचारी सञ्चय कोषमा रकम संकलन गर्ने सञ्चयकर्ता, संस्थापक सेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीका लागि कम्पनीले सेयर जारी गर्न लागेको हो । अहिले जारी हुन लागेको सेयर सर्वसाधारणले खरिद गर्न पाउँदैनन् । 

कम्पनीले अंकित मूल्य १ सयका दरले १ करोड ४४ लाख कित्ता सेयर जारी गर्न लागेको हो । सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताका लागि १ करोड १७ लाख कित्ता र संस्थापक सेयरधनी संस्था (नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी, सिन्धुपाल्चोक हाइड्रो पावर, सिन्धु इन्भेस्टमेन्ट, नेपाल अरनिको हाइड्रो पावर र सिन्धु–भोटेकोसी हाइड्रो पावर) का लागि २१ लाख कित्ता र ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का लागि ६ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।


उक्त सेयरमा सञ्चयकर्ताले कात्तिक २८ देखि मंसिर १४ सम्म न्यूनतम ५० देखि ५ सय कित्तासम्म माग गर्न सक्ने सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । सञ्चयकर्ताले सेयर फारम भर्दा १० ले भाग जान मिल्ने गरी भर्नुपर्नेछ ।


संस्थापक सेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीले मंसिर १९ देखि २६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । सञ्चयकर्ताको हकमा ०६८ मंसिर २२ मा बहाल रहेका र ०७५ असोज २९ गतेसम्म थप भएका सञ्चयकर्ताले सेयर आवेदन दिन सक्ने बताइएको छ ।

प्रकाशित : कार्तिक २८, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?