उडान बढे, एटीसी अभावै

कान्तिपुर संवाददाता

काठमाडौँ — देशभरका विमानस्थलमा पछिल्लो समय बढदै गएको उडानको अनुपातमा एयर ट्राफिक कन्ट्रोलर (एटीसी)को संख्या भने बृद्धि हुन नसकेको नेपाल हवाई यातायता नियन्त्रक संघले जनाएको छ ।

उडान बढे, एटीसी अभावै

संघको १८ औं वार्षिक साधरणसभामा अध्यक्ष उमेशकुमार पन्थीले पछिल्ला तीन वर्ष नेपालले एटीसी जनशक्ति उत्पादन गर्न नसकेको जनाउदै अझै ६० जना एटीसीको अभावमा विमान व्यवस्थापन गर्नु परिरहेको औल्याए । उनले पछिल्ला दिन काठमाडौंमा दैनिक ५ सय, सिमिकोटमा २ सय ५० तथा लुक्लामा ३ सय बढी उडान/अवतरण हुने गरेको जनाउदै सिमित स्रोत साधनमा एटीसीहरुले विमानहरुको व्यवस्थापन गर्नुपरेको बाध्यता संकेत गरे ।


उनले विगत ३० वर्षदेखी एटीसी उत्पादन गर्दै आएको प्राधिकरणमातहतको प्रशिक्षण केन्द्रले एकातिर जनशक्ति उत्पादन नगरीरहेको अर्कोतर्फ ब्रेनड्ेरन बढै गइरहेको बताए ।


प्रकाशित : कार्तिक ३०, २०७५ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?