कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

तेह्रथुममा ग्राउन्ड एप्पल

तेह्रथुम — पानीको मात्रा अत्यधिक हुने ग्राउन्ड एप्पल (भुइँ स्याउ) को जिल्लामा व्यावसायिक खेती सुरु भएको छ । यसको खेतीमा जिल्लाका ५ सयभन्दा बढी कृषक संलग्न छन् ।

तेह्रथुममा ग्राउन्ड एप्पल

जिल्लाको संक्रान्ती, ओयाक्जुङ, सुदाप, हमरजुङ सुनामङ, सोल्मा, वसन्तपुर, जलजलेलगायत गाउँका किसान यसको व्यावसायिक खेतीमा लागेका हुन् ।


खेती सुरु गरेको पहिलो वर्षमै संक्रान्ती गाविसका कृषक भवानी ढुंगेल र पुन्यप्रसाद सिटौलाले २ लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । सुरुमा इलामबाट बीउ ल्याएर रोपेका उनीहरूले अहिले आफैं अन्य किसानलाई बीउ बिक्री गरिरहेका छन् ।


पानीको मात्रा बढी हुने र सबैले मन पराउने भएकाले सुरुका वर्षमा बिक्रीका लागि बजारको समस्या नभए पनि पछिल्ला वर्षहरूमा भने ग्राउन्ड एप्पल बिक्रीमा निकै समस्या देखापरेको किसानको भनाइ छ ।


रोपेको पहिलो वर्षमै फल दिने भएकाले राम्रो आम्दानी हुने गरेको तर उपभोक्ताको खाने संस्कारमा परिवर्तन नआउँदा उत्पादनले मूल्य नपाएको लालीगुराँस नगरपालिका ७ सुङनामका किसान युवराज थापाले बताए ।

प्रकाशित : मंसिर २, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?