२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बढी कर तिर्ने सम्मानित

काठमाडौँ — गत वर्ष सबैभन्दा बढी कर बुुझाउने १५ करदातालाई सरकारले सम्मान गरेको छ । सातौ कर दिवसको अवसर पारेर सरकारले बढी कर बुुझाउने व्यक्ति तथा संस्थालाई सम्मान गरेको हो ।

बढी कर तिर्ने सम्मानित

आन्तरिक राजस्व विभागका अनुसार गत वर्ष सिप्रदी ट्रेडिङका सिद्धार्थ राणाले सरकारलाई सबैभन्दा बढी व्यक्तिगत आयकर बुुझाएका छन् । सबैभन्दा बढी कर तिर्ने व्यावसायिक संस्थामा सूूर्य नेपाल परेको छ ।


सरकारले विभिन्न विधामा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थाहरूलाई कर दिवसको अवसर पारेर सम्मान गर्ने गरेको छ । शनिबार गरिएको सम्मानअनुसार निर्यातकर्तामा सबैभन्दा बढी कर तिर्नेमा डाबर नेपाल परेको छ । मदिरा र चुुरोटबाहेक उत्पादन र ऊर्जामूलक क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्नेमा हिमाल पावर लिमिटेड हो ।


कृषि उद्योग क्षेत्रबाट प्रोबाटिक इन्डस्ट्रिज, सहकारी तथा लघुवित्त क्षेत्रबाट छिमेक लघुवित्त संस्था, बैंक तथा वित्तीय संस्थामा नबिल बैंक, बिमा व्यवसायमा नेपाल पुनर्बिमा कम्पनी, स्वास्थ्य शिक्षामा नोबल मेडिकल कलेज टिचिङ हस्पिटल, सूचना प्रविधि सेवामा एफ वान सफ्ट इन्टरनेसनल, पर्यटन व्यवसायमा तारागाउँ रिजेन्सी होटल र व्यापार व्यवसायमा सिप्रदी ट्रेड्रिङले सबैभन्दा बढी आयकर बुुझाएका छन् ।


वार्षिक ४० करोड रुपैयाँसम्म आयकर भएकामध्ये बढी आयकर तिर्नेमा नेपाल इन्भेस्टमेन्ट र ४० देखि ८० करोड रुपैयाँसम्म आयकर भएकामध्ये सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल स्टक एक्सचेन्ज रहेको विभागले जनाएको छ । २०६५ साउन १ देखि २०७५ को असारसम्ममा नियमित कर बुुझाउने र गत वर्ष सबैभन्दा बढी मूल्य अभिवृद्धि कर बुुझाउने उद्योग घोराही सिमेन्ट परेको छ । ती करदाताहरूलाई अर्थमन्त्री युवराज खतिवडाले सम्मान गरेका हुन् ।


प्रधानमन्त्रीको सन्देश : कर प्रणाली पालना गर्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले सातौं राष्ट्रिय कर दिवसका अवसरमा एक सन्देश जारी गर्दै असल नागरिकको दायित्व पूरा गर्नका लागि कर प्रणालीको प्रभावकारी पालना गर्न आह्वान गरेका छन् ।


‘प्रगतिशील कर प्रणालीप्रति सकारात्मक धारणाको विकास हुन नसकेसम्म राष्ट्र निर्माणको अभियानलाई गति प्रदान गर्न सकिँदैन,’ उनको सन्देशमा भनिएको छ, ‘हामीले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि हो भन्ने कुरामा अब द्विविधा मान्नै पर्दैन । आमजनताको दैनिक जीवनस्तर उकास्न प्रतिबद्ध यो सरकारले राजस्व संकलनलाई प्रभावकारी बनाउँदै राजस्व चुहावट रोक्ने दिशामा सफलता प्राप्त गरिरहेको छ ।’


चालु आर्थिक वर्ष २०७५/७६ को असोज महिनासम्म राजस्व संकलनमा ९४ प्रतिशत उपलब्धि हासिल भइसकेको उनले जनाएका छन् । राजस्व संकलन झन्डै २६ प्रतिशतले वृद्धि भएको सन्देशमा उल्लेख छ । ‘यही अवधिमा आम्दानी करको संकलनमा ३७ प्रतिशतभन्दा बढी प्रगति भएको छ । राजस्व संकलनको यो उत्साहजनक क्रमले अझै गति पाउनेछ,’ उनको सन्देशमा भनिएको छ ।


सरकार आय आर्जनका सबै क्षेत्रलाई करको दायरामा ल्याई स्वैच्छिक कर सहभागितामार्फत राजस्व प्रणालीलाई सक्षम र सुदृढ बनाउँदै लगेको दाबी प्रधानमन्त्रीले गरेका छन् । ‘सरकारले सुरु गरेको आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने पहललाई सार्थक तुल्याउन हरेक कर्तव्यनिष्ठ नागरिकलगायत सम्बन्धित सबैको थप क्रियाशीलता आवश्यक पर्छ,’ सन्देशमा भनिएको छ, ‘कर भनेको कुनै पनि वस्तु वा सेवा उपभोग गरेबापत तिर्नुपर्ने अतिरिक्त रकम हो । राज्यले उपलब्ध गराउने यस्ता सेवामार्फत संकलन गरिने कर नै राज्य कोषको प्रमुख आधार पनि हो । तसर्थ हरेक असल र कर्तव्यनिष्ठ नागरिकको सेवा लिए वापत कर तिर्नुपर्छ सोच हुन्छ ।’

प्रकाशित : मंसिर २, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?