२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बंगलादेशी राजदूतसँग उद्योगीको छलफल

विराटनगर — उद्योगी–व्यापारीको प्रतिनिधिमूलक संस्था मोरङ व्यापार संघ र उद्योग संगठन मोरङका पदाधिारीले बंगलादेशकी राजदूत मस्फी विन्ट साम्ससँग भेट गरेका छन् ।

सोमबार भएको भेटका अवसरमा नेपाल र बंगलादेशबीचको व्यापार सम्बन्धमा छलफल भएको थियो ।


छलफलमा संघका अध्यक्ष पवनकुमार सारडाले नेपाल–बंगलादेश बीचको व्यापारिक सम्बन्धलाई प्रगाढ बनाउँदै लैजानुपर्ने बताए । नेपाल र भारतबीच सन् १९७६ को सन्धि रहेको, दुबै मुलुक सार्क र विमस्टेकको सदस्यका रूपमा रहेको, नेपालका लागि बंगलादेशमार्फत वे अफ बंगाल जलमार्ग सञ्चालन गर्ने सम्भावना रहेको उनले बताएका थिए ।


नेपाल–बंगलादेशको आयात शुल्कको अन्तर घटाउनुपर्ने, भुटानलाई जस्तै नेपाललाई पनि हितकारी क्षेत्रका रूपमा लिनुपर्ने, बैंकिङ समस्याहरूको समाधान गरिनुपर्ने, भविष्यमा बंगलादेशका अन्तर्राष्ट्रिय उडानहरूको मार्गमा विराटनगर विमानस्थललाई समावेश गरिनुपर्ने सारडाले उल्लेख गरे ।


संगठनका कार्यवाहक अध्यक्ष सुयस प्याकुरेलले बंगलादेशसँगको व्यापारमा यस क्षेत्रले भोगिरहेका समस्याहरू उल्लेख गर्दै नेपालबाट निर्यात गर्दा भोग्नु परेका पारवाहन, करलगायत समस्याहरू हटाउन पहल गर्नुपर्नेमा जोड दिए । बंगलादेशी राजदूत साम्सले बंगलादेशले झैं नेपालले पनि आफ्नै स्तरबाट आर्थिक समृद्धिका उपायहरू खोज्दै जानुपर्ने उल्लेख गरिन् ।

प्रकाशित : मंसिर ४, २०७५ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?