१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अब विराटनगरबाटै माउण्टेन फ्लाइट

देवनारायण साह

मोरङ — यहाँका पर्यटन व्यवसायीले विराटनगर विमानस्थलबाट माउन्टेन फलाइट सुरु गर्ने भएका छन् । 
विराट होलिडेले हिमालय शृंखलाको अवलोकन गराउन माउण्टेन फलाइट सुरु गर्ने भएको हो ।

होलिडेका अध्यक्ष भविस श्रेष्ठले प्रदेश १ का रहेका पर्यटकीय स्थलहरुबाट लाभ उठाउन जहाज भाडामा लिएर भए पनि माउण्टेन फलाईट गराउने तयारी गरेको बताए । ‘पर्यटन व्यवसायमा रहेको केन्द्रीय सिन्डिकेटका कारण यहाँबाट यो सुविधा सम्भव भइरहेको थिएन,’ उनले भने, ‘सिन्डिकेट तोड्न घाटामा साझेदारी गर्ने गरी माउण्टेन फलाईट सुरु गर्दै छौं ।’ माउण्टेन फ्लाइटका लागि ८ जना व्यवसायी संस्थामा आबद्ध भएको उनले सुनाए ।


श्रेष्ठले आउँदो शनिबारबाट सुरु हुने माउण्टेन फलाइट प्रत्येक शनिबार बिहान ६:३० देखि ७:३० बजेसम्ममा ५५ मिनेट हुने बताए । ‘विराटनगरबाट माउण्टेन फलाइटका लागि यति एयरलाइन्सको विमान प्रत्येक शनिबारका लागि चार्टर गरेका छौं,’ उनले भने, ‘यति एयरलायन्समा भएको सिटमध्ये झ्याल भएको १९ वटा सिटमा मात्रै यात्रु चढाउने सम्झौता भएको छ ।’

उनले माउण्टेन फलाइटका लागि प्रत्येक यात्रुसँग ९ हजार ९ सय शुल्क तिर्नुपर्ने बताए । यात्रुहरुले कञ्चनजंघा, मकालु, सगरमाथा र गौरीशंकर हिमश्रृङ्खला हेर्न पाउने व्यवस्था गरेको श्रेष्ठले बताए ।


माउण्टेन फलाइट सफल भएपछि प्रदेश १ स्थित विराटनगर विमानस्थलबाट उडान गराउने अभियानमा लाग्ने उनले सुनाए । उनले पर्यटन व्यवसायमा रहेको काठमाडौंको सिण्डिकेट तोडेरै छाड्ने प्रतिबद्धता गरेर होलिडे गठन गरेको बताए । ‘माउण्टेन फ्लाईटपछि विराटनगर विमानस्थलबाट पोखरका लागि उडान सुरु गराउनेसमेत तयारी गरेका छौं,’ उनले भने, ‘यसका साथै मुलुकका धार्मिक प्राकृतिक रमणीय पर्यटकीय स्थलहरुमा विराटनगर विमानस्थलबाट भारतको बिहार, बंगाल र सिक्किमका पर्यटकहरुलाई लग्ने लल्यका साथ यो अभियान सुरु गरेका छौं ।’

प्रकाशित : मंसिर ४, २०७५ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?