क्रसर उद्योगलाई ३ महिने सञ्चालन अनुमति

हरिहरसिंह राठौर

धादिङ — जिल्ला समन्वय समितिले क्रसर उद्योगहरुलाई ३ महिने अस्थायी सञ्चालन अनुमति दिएको छ । समितिले जिल्ला क्रसर व्यवसायी संघलाई पत्र लेख्दै हालसम्म संकलन गरेको कच्चा पदार्थ ३ महिनामा कुटानी तथा बिक्री वितरण गर्न भनेको हो ।

क्रसर उद्योगलाई ३ महिने सञ्चालन अनुमति

क्रसर उद्योगहरु मापदण्डविपरीत चलाइएको भन्दै गत साउनदेखि बन्द गरिएको थियो ।


समन्वय समिति संयोजक जगन्नाथ नेपालले पृथ्वीराजमार्ग वरपर मापदण्ड मिचेर क्रसर उद्योग सञ्चालन गर्न र त्रिशूली दोहन गर्न नदिने बताए । त्रिशूली बचाउ अभियानका अभियन्तासमेत रहेका नेपालका अनुसार जिल्लामा सञ्चालित ३४ वटा क्रसरहरुमध्ये कतिपय दर्ता नै नगरी सञ्चालनमा ल्याइएका र केही चार वर्षदेखि नवीकरण नै नगरी सञ्चालन गरिरहेको पाइएको छ ।


गल्छीका क्रसर व्यवसायी विनोद कार्कीले उपयुक्त स्थानमा उद्योगहरु सञ्चालनमा ल्याउन नसके डोजर, स्काभेटर, टिप्पर, लोडर, टयाक्टरलगायतका करोडौं रकम खर्च गरिएका उपकरणहरु थन्किने र व्यवसायी मारमा पर्ने कार्कीले बताए । जिल्लाका बालुवा तथा क्रसर उद्योगहरुका लागिमात्रै १२ सय स्काभेटर र डोजर, ६ सय ट्याक्टर, १५ सय टिप्परहरु सञ्चालनमा छन् ।

प्रकाशित : मंसिर ९, २०७५ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?