कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

इन्धनको मूल्य दुई रुपैयाँ घट्यो

राजु चौधरी

काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल,डिजेल र मट्टितेलको मूल्य घटाएको हो  ।

इन्धनको मूल्य दुई रुपैयाँ घट्यो

‘भारतीय आयल निगम(आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा दूई, डिजेलमा दुई र मट्टितेलमा दुई रुपैयाँ घटाएका छौँ,’ निगमका प्रवक्ता बिरेन्द्र गोइतले भने,‘नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ ।’


नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय १२ रुपैँया, डिजेल र मट्टितेलको ९९/९९ रुपैयाँ पर्नेछ ।


निगमका अनूसार हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ ।

प्रकाशित : मंसिर १७, २०७५ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?