१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आर्थिक नीति फेर्दै कांग्रेस, उच्च उत्पादकत्व र फराकिलो आर्थिक वृद्धिको प्रस्ताव 

काठमाडौँ — नेपाली कांग्रेसले आर्थिक नीति परिवर्तन गर्ने भएको छ । विगतमा अपनाएका नीतिहरु कार्यान्वयनमा देखिएका समस्या र बदलिंदो परिस्थितिमा आर्थिक नीति परिमार्जन गर्नुपर्ने निष्कर्षमा कांग्रेस पुगेको हो ।

आर्थिक नीति फेर्दै कांग्रेस, उच्च उत्पादकत्व र फराकिलो आर्थिक वृद्धिको प्रस्ताव 

आर्थिक नीति परिवर्तनसम्बन्धी प्रस्ताव जारी केन्द्रीय समितिको बुधबारको बैठकमा प्रस्तुत गरिएको छ । समग्र आर्थिक नीति प्रस्ताव समिति संयोजक एवं सहमहामन्त्री प्रकाशरण महतले बैठक प्रस्तुत प्रस्तावमा प्रमुख रुपमा पाँच आधार निर्धारण गरिएको छ । जसअनुसार,

पहिलो : उच्च उत्पादकत्वमा आधारित दीगो र फराकिलो आर्थिक वृद्धि

दोस्रो : समतामूलक लोककल्याणकारी राज्य

तेस्रो : रोजगारमुखी युवाकेन्द्रित उद्ममशीलता

चौंथो : सार्थक वित्तीय संघीयता

पाँचौ : सदाचारयुक्त आर्थिक सुशासन

उच्च उत्पादकत्वमा आधारित दीगो र फराकिलो आर्थिक वृद्धिका लागि स्वेदशी र विदेशी लगानी भित्र्याउने, लगानी प्रक्रियालाई जिम्मेवारीसहितको विकेन्द्रिकृत एकद्वार प्रणाली लागू गर्ने, आयात प्रतिस्थापन गर्ने उद्योग व्यवसायहरु स‌ंरक्षण गर्ने नीति लिने प्रस्ताव छ । कृषिमा प्रतिफलभन्दा लगानी धेरै भएकोले सुलभ ब्याजदरमा कृषि ऋणसहितको अनुदान नीति ल्याउने, भूमि खण्डीकरण रोक्न, करार र सहकारी कृषिलाई सहयोगको नीति लिइने छ । र, कृषिजन्य वस्तुमा किसानको न्यायोचित मूल्य सुनिश्चित गर्ने नीति अख्तियार गर्ने कांग्रेसको प्रस्ताव छ ।


नेपाललाई धार्मिक, सांस्कृतिक दृष्टिले अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने, यसका लागि सडक र हवाई पूर्वाधार विकास गर्नेलगायत उल्लेख छ । कांग्रेसले कर्णाली प्रदेशलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने नीतिसमेत अघि सारेको छ ।


यस्तै, संघीयतालाई आर्थिक प्रभावकारिता र पहुँच बढाउन संविधानले परिकल्पना गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई तत्काल क्रियाशील गराउने र सशक्त बनाउन कांग्रेस क्रियाशील रहने बताइएको छ । आगामी दशक राष्ट्रिय पुनर्जागरणको दशक हुने भन्दै कांग्रेसले नेपाललाई दीगो विकासमा कम्तीमा मध्यम आय भएको मुलुक बनाउन नीतिगत सुधारमार्फत तीव्र गतिमा पूर्वाधार निर्माण, स्वदेशी एवं विदेशी पुँजी परिचालन, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न प्रतिबद्ध र इमान्दार रहने बताएको छ ।


प्रस्तुत आर्थिक नीति मूल आर्थिक समस्या पहिचान गरी तिनलाई सम्बोधन गर्दै मुलुकलाई समृद्धि उन्मुख बनाउन अपनाइनुपर्ने रणनीतिमा केन्द्रित रहेको समेत समिति संयोजक महतको भनाइ थियो ।


हेर्नुहोस्, कांग्रेसको प्रस्तावित समग्र आर्थिक नीतिको सारांश

प्रकाशित : मंसिर १९, २०७५ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?