राष्ट्र बैंकले दस अर्ब लगानी गर्ने

रासस

काठमाडौँ — नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु १० अर्ब १५ करोड ८६ लाख लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषमा रहेका रकम आगामी पुस १ देखि २०७६ मङ्सिर ३० गतेसम्म ३६६ दिनमा त्रैमासिकरुपमा व्याज भुक्तान हुने गरी लगानी गर्न लागिएको हो । 

बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदरसमेत खुलाइ आवेदन दिन केन्द्रीय बैंकले जनाएको छ । बैंकले यही मङ्सिर २३ गते अपराह्न ३ बजेसम्म वित्त व्यवस्थापन विभागमा आवेदन दिन बिहीबार एक सूचनामार्फत आग्रह गरेको छ । केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकलाई रु आठ अर्ब १२ करोड ६९ लाख, ‘ख’ वर्गका राष्ट्रिय बैंकलाई रु एक अर्ब ५२ करोड ३८ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्तमा रु ५० करोड लगानी गर्ने जनाएको छ ।

Yamaha


बैंकले त्यसका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि दुई वर्ष पूरा भएको, बैंकले तोकेको न्यूनतम पूँजी कोष कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटको पाँच प्रतिशत वा सोभन्दा बढी नरहेको, कर्जा स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा क्षेत्रभित्र रहेको र अघिल्लो आर्थिक वर्षमा बैंक मुनाफामा रहेको हुनुपर्नेछ ।

यस्तै घर जग्गा कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, लगानी गर्ने संस्थाको सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई कुनै पनि कारवाही नगरेको तथा कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महीना पूरा भएको हुनुपर्नेछ । बैंक तथा वित्तीय संस्था समस्याग्रस्त भएको भए कारवाही फुकुवा भएको छ महीना पूरा भएको र सर्वसाधारणका लागि छुट्याइएको शेयर बिक्री गरेको हुनुपर्ने शर्त बैंकले राखेको छ ।

प्रकाशित : मंसिर २०, २०७५ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

वीरगन्जमा पनि ‘नो हर्न’ 

भूषण यादव

वीरगन्ज — वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको छ । कार्यपालिका बैठकले आगामी पुस १७ गतेदेखि वीरगन्ज नगर क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । प्लास्टिक झोला र कपको प्रयोगमा पनि रोक लगाइने निर्णय भएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा.भिष्म भुसालले वीरगन्ज नगरलाई हर्न निषेधित क्षेत्र घोषणा गर्ने र प्लास्टिकको प्रयोगमा रोक विषय प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई कार्यपालिका बैठकले सर्वसहमतिबाट पारित गरेको थियो ।

समुदाय प्रहरी साझेदारीअन्तर्गत उक्त निर्णयलाई सफल बनाउन प्रहरी तथा स्थानीय संघसंस्थाहरुको समन्वयमा जनचेतना कार्यक्रम गरिने छ । नगर क्षेत्रमा बढ्दो ध्वनि प्रदूषण र प्लास्टिकजन्य पदार्थबाट महानगर क्षेत्रमा भएको प्रदूषणलाई मध्यनजर गर्दै पुस १७ गतेदेखि लागू हुने गरी निर्णय गरिएको प्रशासकीय अधिकृत भुसालले जनाए ।

सीमावर्ती भारतको विहार र ग्रामीण क्षेत्रबाट वीरगन्ज नगर आवतजावत गर्ने दुई चक्के र चार चक्के सवारी चालकले हर्नको अनावश्यक प्रयोग गर्ने गरेका छन् । काठमाडौँ, भरतपुर लगायतका महानगरमा नो हर्न प्रयोगमा सफलता पाएपछि वीरगन्ज महानगरपालिका पनि अग्रसर भएको हो ।

प्रकाशित : मंसिर २०, २०७५ १७:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT