२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

हतोत्साही नहुन सेबोनको आह्वान

काठमाडौँ — अपेक्षाअनुसार सेयर बजार बढेन भन्दैमा हतोत्साहित नहुन धितोपत्र बोर्डले लगानीकर्तालाई आग्रह गरेको छ ।

हतोत्साही नहुन सेबोनको आह्वान

समग्र पुँजी बजारको विकास र विस्तारका लागि राज्यका सबै पक्ष जिम्मेवार ढंगले लागिपरेकाले केही अंकले बजार घट्दैमा नआत्तिन भन्दै बोर्डले लगानीकर्तालाई आश्वस्त पारेको हो ।


बोर्डले आइतबार विज्ञप्ति जारी गरी यस्तो बताएको हो । निरन्तर सेयर बजार घट्दा पनि सरकार र नियामक निकायको ध्यान नगएको भन्दै लगानीकर्ता आक्रोशित हुन थालेकोतर्फ इंगित गर्दै बोर्डले विज्ञप्ति जारी गरेको हो ।


‘सरकारले वित्तीय प्रणालीमा विभिन्न सुधारका कार्यक्रम अघि बढाई पुँजी बजारमार्फत देशको आर्थिक समृद्धिमा जोड दिएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘पुँजी बजारको आधुनिकीकरणका लागि धेरै काम भएका छन् । यसकारण पनि आत्तिइहाल्नुपर्ने अवस्था छैन ।’ कम्पनीलाई चाहिने दीर्घकालीन कोषको व्यवस्था गर्ने काम अघि बढेको र मार्जिन ट्रेडिङ अन्तिम चरणमा रहेको बोर्डले जनाएको छ ।

प्रकाशित : मंसिर २४, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?