फ्रिक्वेन्सी लिलाम गर्न कार्यविधि

काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणले लिलाम बढाबढबाट फ्रिक्वेन्सी दस्तुर बिक्री गर्ने गरी तीन नयाँ कार्यविधि पारित गरेको छ । प्राधिकरणको सोमबार बसेको सञ्चालक समितिको बैठकले ९ सय, १ हजार ८ सय र २ हजार १ सय मेगाहर्ज ब्यान्डमा बाँकी रहेको फ्रिक्वेन्सी लिलाम बढाबढ गर्ने सम्बन्धी कार्यविधि पास गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

फ्रिक्वेन्सी लिलाम गर्न कार्यविधि


प्राधिकरणसँग ९ सय मेगाहर्ज ब्यान्डमा ३ मेगाहर्ज, १ हजार ८ सय मेगाहर्ज ब्यान्डमा १६ मेगाहर्ज र २ हजार १ सय मेगाहर्ज ब्यान्डमा ४० मेगाहर्ज फ्रिक्वेन्सी बाँकी छ । यी तीनै ब्यान्डमा रहेका फ्रिक्वेन्सीलाई लिलाम बढाबढका लागि आधार मूल्य तय गरिएको अर्यालले जानकारी दिए ।


उनका अनुसार ९ सय ब्यान्डमा प्रतिमेगाहर्ज आधार मूल्य ४ करोड ८० लाख तय गरिएको छ । यस्तै १ हजार ८ सय ब्यान्डमा प्रतिमेगाहर्ज ३ करोड ६० लाख तय गरिएको छ भने २ हजार १ सय ब्यान्डमा प्रति ५ मेगाहर्ज १२ करोड मूल्य आधार मूल्य तय गरिएको छ ।


कार्यविधि पास भएकाले चाँडै प्राधिकरणले लिलाम बढाबढका लागि सार्वजनिक सूचना जारी गर्ने उनले बताए । कार्यविधिमा लिलाम बढाबढमा सहभागी हुने कम्पनीले प्राधिकरणलाई तिर्नुपर्ने सबै रकम तिरेको हुनुपर्ने, फ्रिक्वेन्सी क्यापभन्दा बढी फ्रिक्वेन्सी नभएको हुनुपर्ने प्रावधान राखिएको छ ।


हरेक ब्यान्डमा तीन तहको लिलाम बढाबढमार्फत फ्रिक्वेन्सीको मूल्य तय गरिनेछ । ९ सय र १ हजार ८ सय ब्यान्डमा रहेको फ्रिक्वेन्सीको लिलाम बढाबढ गर्दा हरेक पटक ५ कम्तीमा ५ प्रतिशतका दरले आधार मूल्यमा वृद्धि हुने प्रावधान राखिएको छ । २ हजार १ सय ब्यान्डमा भने न्यूनतम बढाबढ मूल्य १ प्रतिशत कायम गरिएको छ ।

प्रकाशित : पुस ४, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?