कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

बन्दीपुरमा डेढ लाख पर्यटक

दमौली — तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सन् २०१८ मा डेढ लाख पर्यटक पुगेका छन् । बन्दीपुर पर्यटन विकास समितिका अनुसार घुमघामका लागि आउनेमा उल्लेख्य संख्या आन्तरिक पर्यटकको छ । 

बन्दीपुरमा डेढ लाख पर्यटक

‘भूकम्पको वर्ष पर्यटक घटेका थिए,’ समिति अध्यक्ष बैंस गुरुङले भने, ‘बितेको १ वर्षमा आएका डेढ लाखमध्ये ७५ प्रतिशत आन्तरिक पर्यटक थिए ।’ स्वदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको उनले बताए । ‘बिस्तारै हाम्रो पर्यटन व्यवसाय तंग्रिएको छ,’ उनले भने, ‘बढेको आगमन दरले व्यवसायमा लगानी बढाउनेको हौसला थपेको छ ।’


पर्यटक व्यवसायीले बन्दीपुरमा होटल–रेस्टुरेन्ट थपेका छन् । पुराना होटलमा सेवा सुविधा विस्तार गरेका छन् । पर्यटकलाई लक्षित गरी होमस्टेको व्यवस्था पनि गरिएको छ । यहाँ सानाठूला गरी ५५ वटा सुविधा सम्पन्न होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् ।


होटल र होमस्टे गरी दैनिक एक हजार जना पर्यटक राख्न सकिने अवस्था रहेको व्यवसायीले बताएका छन् । बन्दीपुरमा पर्यटक सफा बस्ती र पुराना मौलिक शैलीका घरसँगै प्राकृतिक दृश्यालेकनका लागि आउने गरेका छन् ।

प्रकाशित : पुस १९, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?