१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

चिलिमेको शेयर मूल्य समायोजन

रासस

काठमाडौँ — चिलिमे जलविद्युत् कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा प्रतिकित्ता ५ सय ६२ रुपैयाँमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले २० प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरे लगत्तै मूल्य समायोजन गरेको हो । कम्पनीको औसत आधार मूल्य ७ सय ३७ रुपैयाँ रहेको छ ।


यस्तै हालै मात्र साधारण शेयर बिक्री गरेको चौतारी लघुवित्त वित्तीय संस्थाको कारोवार सुरु भएको छ । स्टकका अनुसार सो कम्पनीको पहिलो कारोवार मूल्य १ सय ११ देखि ३ सय ३५ सम्म रहने प्रक्षेपण गरिएको छ ।


कम्पनीको बुधबार मात्रै १६ लाख ६० हजार कित्ता शेयर स्टकमा सूचीकृत भएको थियो । कम्पनीले केही समय पहिले मात्रै रु छ करोड बराबरको छ लाख कित्ता साधारण शेयर बिक्री गरेको थियो ।

प्रकाशित : पुस १९, २०७५ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?