चितवन महोत्सवमा पर्यटन प्राथमिकतामा

काठमाडौँ — १२ औं चितवन महोत्सवमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिने भएको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई मध्य नजर गर्दै जिल्लामा छरिएर रहेका पर्यटकीय गन्तव्यको पहिचान गरी महोत्सवमार्फत प्रचारप्रसार गरिने आयोजकको तयारी हो ।

चितवन महोत्सवमा पर्यटन प्राथमिकतामा

‘प्रत्येक २/२ वर्षमा आयोजना हुँदै आएको महोत्सवमा हामीले जिल्लामा सम्भावना बलियो भएको कुनै एक क्षेत्रलाई विशेष प्राथमिकता दिँदै आएका छौं,’ काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनमा उद्योग वाणिज्य चितवनका अध्यक्ष सहन प्रधानले भने, ‘यो वर्ष पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेका छौं ।’


पहाडी क्षेत्रमा रहेका पर्यटकीय क्षेत्र सिराइचुली र उपरदाङगढीबारे समेत महोत्सवमा आउनेले थाहा पाउनेछन् । ‘सात वटै स्थानीय तहमा रहेका पर्यटकीय गन्तव्यहरूको पहिचान गरिसकिएको छ,’ उनले भने, ‘जहाँ ५० स्थल छन्, तिनका बारेमा महोत्सवमा आउनेले थाहा पाउनेछन् ।’ पुस २५ देखि माघ ४ गते सम्म हुने महोत्सवस्थल नारायणी नदी किनारबाट नजिकै रहेको नगर वनमा जिप सफारी गर्ने व्यवस्था गरिएको छ । त्यस्तै महोत्सवको अर्को आकर्षण बालुवामा कुँदिएको २० फिट लम्बाइ र १० फिट चौडाइको माछाको कलात्मक आकृति हुनेछ । महोत्सवमा ८ वटा विशेषसहित ५ सय ३० वटा स्टल रहने छन् । पाँच लाख दर्शकले अवलोकन गर्ने र २५ करोडभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान आयोजकको छ ।

प्रकाशित : पुस १९, २०७५ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?