३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हवाइ इन्धनको मूल्य घटेसँगै भाडा पनि घट्यो

काठमाडौँ — नेपाल आयल निगमले बिहीबार रातिदेखि आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य घटाएसँगै अन्तरिक हवाइ सेवाको पनि भाडा दर घटेको छ । यो भाडादर आन्तरिक तर्फ उड्ने जहाजहरुले लिने पूरा भाडामा घटेको हो ।

हवाइ इन्धनको मूल्य घटेसँगै भाडा पनि घट्यो

वायुसेवा सञ्चालकहरूको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघ (आयोन) का प्रवक्ता घनश्याम आचार्यका अनुसार दुरीको हिसाबमा ९० देखि ४४० रुपैयाँसम्म भाडा घटेको छ । उनले भने, ' आइतबारदेखि लागू हुनेगरी फ्युल सरचार्ज (इन्धन शुल्क)मा कम्तीमा ९० रुपैयाँसम्म घटाएइको छ ।'


नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी १०४ रुपैयाँ ५० रुपैयाँको आन्तरिक हवाइ इन्धनको मूल्य ९४ रुपैयाँ ५० पैसा कायम गरेको थियो ।

नयाँ भाडादर अनुसार काठमाडौं-सिमरा ९० रुपैयाँ घटेको छ । पहिला ९४० रुपैयाँ लिइँदै आइएको फ्युल सरचार्ज आइतबारदेखि ८५० रुपैयाँ मात्रै लिइनेछ । नयाँ भाडाअनुसार काठमाडौं-सिमरा अब ३१२० रुपैयाँ पर्ने छ ।


काठमाडौं-भरतपुर रुटमा पनि ११० रुपैयाँ घटेको छ । पहिला लिइँदै आइएको ११२० रुपैयाँ फ्युल सरचार्ज घटेर अहिले १०१० भएको छ । नयाँ भाडादर अनुसार उक्त रुटमा यात्रा गर्दा यात्रुले ३६५० रुपैयाँ मात्रै तिरे पुग्छ ।


यस्तै तुम्लिङटारको भाडा १ सय ८५ रुपैयाँ घटेको छ । उक्त गन्तव्यमा अहिले फ्युल सरचार्ज १९२५ रुपैयाँ लिइँदै आइएको छ भने आइतबार देखि १७४० रुपैयाँ लिइनेछ । आइतबारदेखि काठमाडौं-तुम्लिङटारको नयाँ भाडा ६००० तोकिएको छ ।


सबैभन्दा बढी भाडा भने काठमाडौं-धनगढी रुटको घटेको छ । उक्त रुटमा ४४० रुपैयाँ भाडा घटेको छ । पहिला यो रुटमा ४६१६ रुपैयाँ फ्युल सरचार्ज लिइँदै आइएको थियो आइतबारदेखि ४१७५ रुपैयाँ लाग्नेछ । उक्त रुटमा १२६५० रुपैयाँ भाडादर तोकिएको छ ।

यस्तै माउन्टेन फ्लाइटमा ३४५ रुपैयाँ भाडा घटेको छ । माउन्टेन फ्लाइटमा पहिला ३५८५ रुपैयाँ फ्युल सरचार्ज लिइँदै आइएको छ भने आइतबारदेखि भने ३२४० रुपैयाँ लिइने छ । आइतबारदेखि यात्रुले उक्त प्लाइटमा ११३०० रुपैयाँ भाडा तिरे पुग्छ ।

विस्तृतमा हेर्नुहोस्, कहाँ कति रुपैयाँ भाडा घट्योः

स्रोतः नेपाल वायुसेवा सञ्चालक संघ (आयोन)

प्रकाशित : पुस २७, २०७५ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?