हवाइ इन्धनको मूल्य घटेसँगै भाडा पनि घट्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल आयल निगमले बिहीबार रातिदेखि आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य घटाएसँगै अन्तरिक हवाइ सेवाको पनि भाडा दर घटेको छ । यो भाडादर आन्तरिक तर्फ उड्ने जहाजहरुले लिने पूरा भाडामा घटेको हो ।

वायुसेवा सञ्चालकहरूको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघ (आयोन) का प्रवक्ता घनश्याम आचार्यका अनुसार दुरीको हिसाबमा९० देखि ४४० रुपैयाँसम्म भाडा घटेको छ। उनले भने, ' आइतबारदेखि लागू हुनेगरी फ्युल सरचार्ज (इन्धन शुल्क)मा कम्तीमा ९० रुपैयाँसम्म घटाएइको छ।'

नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी १०४ रुपैयाँ ५० रुपैयाँको आन्तरिक हवाइ इन्धनको मूल्य ९४ रुपैयाँ ५० पैसा कायम गरेको थियो।

नयाँ भाडादर अनुसार काठमाडौं-सिमरा ९० रुपैयाँ घटेको छ। पहिला ९४० रुपैयाँ लिइँदै आइएको फ्युल सरचार्ज आइतबारदेखि ८५० रुपैयाँ मात्रै लिइनेछ। नयाँ भाडाअनुसार काठमाडौं-सिमरा अब ३१२० रुपैयाँ पर्ने छ।

काठमाडौं-भरतपुर रुटमा पनि ११० रुपैयाँ घटेको छ। पहिला लिइँदै आइएको ११२० रुपैयाँ फ्युल सरचार्ज घटेर अहिले १०१० भएको छ। नयाँ भाडादर अनुसार उक्त रुटमा यात्रा गर्दा यात्रुले ३६५० रुपैयाँ मात्रै तिरे पुग्छ।

यस्तै तुम्लिङटारको भाडा १ सय ८५ रुपैयाँ घटेको छ। उक्त गन्तव्यमा अहिले फ्युल सरचार्ज १९२५ रुपैयाँ लिइँदै आइएको छ भने आइतबार देखि १७४० रुपैयाँ लिइनेछ। आइतबारदेखि काठमाडौं-तुम्लिङटारको नयाँ भाडा ६००० तोकिएको छ।

सबैभन्दा बढी भाडा भने काठमाडौं-धनगढी रुटको घटेको छ। उक्त रुटमा ४४० रुपैयाँ भाडा घटेको छ। पहिला यो रुटमा ४६१६ रुपैयाँ फ्युल सरचार्ज लिइँदै आइएको थियो आइतबारदेखि ४१७५ रुपैयाँ लाग्नेछ। उक्त रुटमा१२६५० रुपैयाँ भाडादर तोकिएको छ।
यस्तै माउन्टेन फ्लाइटमा ३४५ रुपैयाँ भाडा घटेको छ। माउन्टेन फ्लाइटमा पहिला ३५८५ रुपैयाँ फ्युल सरचार्ज लिइँदै आइएको छ भने आइतबारदेखि भने ३२४० रुपैयाँ लिइने छ। आइतबारदेखि यात्रुले उक्त प्लाइटमा ११३०० रुपैयाँ भाडा तिरे पुग्छ।

विस्तृतमा हेर्नुहोस्, कहाँ कति रुपैयाँ भाडा घट्योः

स्रोतःनेपाल वायुसेवा सञ्चालक संघ (आयोन)

प्रकाशित : पुस २७, २०७५ १८:०७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पृथ्वीनारायणलाई राष्ट्रपतिको पुष्प गुच्छा

कान्तिपुर संवाददाता

काठमाडौँ — २९७ औँ पृथ्वीजयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको सालिकमा पुष्प गुच्छा चढाएकी छिन् ।

सिंहदरबारको पश्चिम ढोकास्थित पृथ्जीनारायणको सालिकमा राष्ट्रपति भण्डारीले शुक्रवार बिहान पुष्प गुच्छा अर्पण गरेकी हुन् ।

यही अवसरमा राष्ट्रपतिले एक सन्देश दिँदै 'पुर्खाहरूको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा नै हामीलाई सदासर्वदा स्वाधीन मुलुकको गौरवशाली नागरिकको रूपमा शिर ठाडो पारेर बाँच्न मद्दत पुर्‍याएको हो' भनेकी छिन् ।

प्रकाशित : पुस २७, २०७५ १२:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT