कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

विज्ञ सम्मेलनको सारांश प्रधानमन्त्रीलाई

काठमाडौँ — गत अक्टोबरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको पहिलो विज्ञ सम्मेलनको सारांश एवं सुझावहरू प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेस गरेको छ । 

विज्ञ सम्मेलनको सारांश प्रधानमन्त्रीलाई

विज्ञ सम्मेलनमा कृषि उत्पादन र ऊर्जामा निर्भरता, सुरक्षित खाद्य पदार्थ, वातारवणीय प्रदूषण न्यूनीकरण, व्यवस्थित सहरको विकास, पूर्वाधार विकास, जलविद्युत्, व्यावसायिक शिक्षा, स्वास्थ्य शिक्षालगायत विषयमा छलफल भएको थियो । उक्त छलफलको निष्कर्ष संघका अध्यक्ष भवन भट्टसहितको टोलीले प्रधानमन्त्रीसमक्ष सुझाव पेस गरेको हो । विज्ञ सम्मेलनको सारांश नेपालको ज्ञान सीपको भण्डारलाई अभिवृद्धि गर्ने जमर्को हुने संघका अध्यक्ष भवन भट्टले बताए ।


‘कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघले पछिल्लो समय गरेको गतिविधि, ज्ञान र सीपलाई नेपालमा भित्र्याउने कदम प्रशंसायोग्य भएको बताउनुभयो,’ एनआरएनएद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : पुस २७, २०७५ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?