३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ग्रामीणमा खुलेको सहकारीको वार्षिक आम्दानी करोड बढी

बलराम घिमिरे

रसुवा — यहाँका एक सहकारीले वार्षिक करोड भन्दा बढी आम्दानी गर्न सफल भएको छ । उत्तरगया–५ छापमा रहेको कालिका बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष ०७४/०७५ मा १ करोड १० लाख ३१ हजार आम्दानी गरेको हो । शनिबार भएको २४ औं वार्षिक साधारणसभालले शेयर सदस्यलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय समेत गरेको छ । 

सहकारीले आर्थिक वर्ष ०७४/०७५ मा १ करोड १० लाख ३१ हजार आम्दानी गरेको व्यवस्थापक राजेन्द्र घिमिरेले बताए । उनका अनुसार आव ०७४/०७५ मा गरेको आम्दानीबाट खर्च कटाउँदा ३४ लाख ७५ हजार ७ सय रुपैयाँ खुद नाफा भएको छ । खुद नाफाबाट शेयर सदस्यलाई १५ प्रतिशत लाभांश वितरण गरिएको हो ।


संस्थामा २ हजार ८१ जना शेयर सदस्य छन् । सहकारीले वार्षिक १० करोड १५ लाखभन्दा बढी ऋण कारोबार गरिरहेको छ । संस्थासँग ३ करोड ४२ लाख बचत रकम र ५९ लाख ५३ हजार शेयर पुँजी रहेको छ । जिल्लामा सहकारी बन्द हुने क्रम बढे पनि कालिका बहुउद्देश्यीय सहकारीले भने नाफा आर्जन गर्दै गएको छ ।


२०५३ सालमा आलुवाली समूहबाट सुरु भएको संस्था ग्रामीण क्षेत्रमा छरिएर रहेको पुँजीलाई एकत्रित गरी कारोबार सुरु गर्न थालेपछि सहकारीमा परिणत भएको हो ।

प्रकाशित : माघ १, २०७५ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?