कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

मर्मत गरेर ल्याएकै दिन ग्राउन्डेड

सुरज कुँवर

काठमाडौँ — सामान्य मर्मतका लागि मलेसिया पठाएको नेपाल वायुसेवा निगमको एक मात्र बोइङ विमान बुधबार ८१ दिनपछि काठमाडौं आइपुग्यो । काठमाडौंमा आवतरण नहुँदै ककपिटको विन्डसिल्ड (हावा रोक्ने भित्री भागको सिसा) आकाशमै चर्किएपछि फेरि ग्राउन्डेड भएको छ ।

मर्मत गरेर ल्याएकै दिन ग्राउन्डेड

निगम स्रोतका अनुसार मलेसियाबाट बुधबार मर्मत गरेर ल्याइएको विमान भारतीय आकाशमा आइपुग्दा ककपिटको दायाँतर्फको विन्डसिल्ड चर्किएको थियो । ‘कोलकाता पुग्नै लाग्दा को–पाइलटतर्फको अगाडिको सिसाको एउटा तह चर्कियो,’ स्रोतले भन्यो, ‘ककपिटमा तीन तहमा सिसा राखिएको हुन्छ । तीमध्ये रसायन प्रयोग गरेर बनाइएको पारदर्शी प्लास्टिकयुक्त सिसा चर्चिएको हो ।’

स्थिति खतरायुक्त रहेमा उडिरहेको विमानले रुटमा नजिकै पर्ने अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गर्नुपर्छ ।

‘हाम्रा पाइलट साथीहरूले इमरजेन्सी घोषणा नगरी नेपाल आए,’ निगमका एक पाइलटले भने, ‘उक्त विमानले इमरजेन्सी घोषणा गर्नु परेन तर काठमाडौं टावरका एटीसीले प्रायोरिटी ल्यान्डिङ गराएका थिए ।

मलेसियाबाट यो विमानलाई क्याप्टेन आरबी श्रेष्ठ र एसएस राणाले उडाएर ल्याएका थिए । विमानमा यात्रु थिएनन् । निगमका इन्जिनियरसहित सात जना कर्मचारी मात्रै थिए ।

‘विमान काठमाडौंमा अवतरण हुनुभन्दा आधा घण्टा अघि विन्डसिल्ड क््रयाक भएको खबर निगमका पाइलटले कोलकाताको टावरमा दिइएका रहेछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताबबाबु तिवारीले कान्तिपुरसँग भने, ‘कोलकाता टावरले २१ हजार फिट हाराहारीमा उडिरहेको विमानलाई १० हजार ५ सय फिट (लो लेभल) मा झारेर काठमाडौं विमानस्थलको टावरलाई खबर गराएको थियो ।’ यस्तो समस्यामा परेका विमानलाई अवतरणमा प्राथमिकता दिइनुपर्ने अन्तर्राष्ट्रिय नियम छ ।

त्यसैअनुसार काठमाडौं विमानस्थलले सावधानी अपनाउँदै दमलकललगायत सेवाहरू तैनाथ पनि गराएको प्रवक्ता तिवारीले बताए । यो विमानको इन्जिन एक्सरे गर्नुपर्ने भएपछि कात्तिक ११ गते मलेसिया पठाइएको थियो । निगम व्यवस्थापनले सयममै मर्मत गराउने निर्णय लिन नसक्दा अढाई महिना यो विमान मलेसियामा अलपत्र परेको थियो ।

प्रकाशित : माघ ३, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?