२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बैंकको सेयरमा आकर्षण घटयो 

काठमाडौँ — यो साता बजारमा बैंकिङबाहेक समूहका कम्पनीको सेयरमा लगानीकर्ताका झुम्मिए । साप्ताहिक कारोबारमा बैंकिङ समूहको हिस्सा घट्नु र बाँकी समूहको हिस्सा बढ्नुले यो पुष्टि गर्छ । 

यो साताको सेयर कारोबारमा विगतभन्दा केही फरक प्रवृत्ति देखिएको छ । सामान्य अवस्थामा कुल कारोबारमा बैंकिङ समूहले ५० प्रतिशतभन्दा बढी हिस्सा ओगट्दै आएको थियो ।


यो साता यस्तो हिस्सा घटेर ४३ प्रतिशतमा झरेको छ । यसरी कुल कारोबार रकमका आधारमा बैंकिङ समूहको हिस्सा झन्डै १० प्रतिशत विन्दुले कम भएकाले ती कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण घटेको आधारमा विश्लेषण गरिएको हो ।


साप्ताहिक कारोबारमा कुल १ अर्ब ८५ करोड रुपैयाँको सेयर किनबेच भए । जसमध्ये बैंकिङ समूहको हिस्सा ४३.५७ र ‘अन्य’ समूहको १३.६ प्रतिशत छ । बौंकिङ समूहभित्र वाणिज्य बैंकहरू आबद्ध छन् । यसैगरी ‘अन्य’ मा नागरिक लगानी कोष, जलविद्युत् विकास कम्पनी, नेपाल दूरसञ्चार कम्पनी र नेपाल फिल्म विकास कम्पनी आबद्ध छन् । गएको पाँच दिनमा नागरिक लगानी कम्पनीको धेरै सेयर किनबेच भएकाले कुल कारोबारमा यो समूहको हिस्सा धेरै भएको हो ।


यसैगरी बिमा समूहको हिस्सा करिब १९ प्रतिशत, लघुवित्तको ९ प्रतिशत र विकास बैंकको ६ प्रतिशत रहेको नेप्सेले जनाएको छ । यो साता सेयर कारोबार मापक नेप्से परिसूचक करिब ७ अंकले सकारात्मक देखियो । यसैगरी साताको पहिलो दिन (आइतबार) को तुलनामा नेप्से १२ अंकले बढेको देखिन्छ । आइतबार १ हजार १ सय ७५.०५ अंकमा रहेको नेप्से बिहीबार १ हजार १ सय ८७.७७ विन्दुमा बन्द भएको छ ।


साप्ताहिक कारोबारमा बैंकिङबाहेक सबै समूहका लगानीकर्ताको सम्पत्ति बढयो । उक्त अवधिमा विकास बैंक, जलविद्युत्, वित्त कम्पनी, उत्पादन तथा प्रशोधन, जीवन बिमा, निर्जीवन बिमा कम्पनी समूहलगायतको परिसूचक बढेकाले ती कम्पनीका सेयरधनीको सम्पत्ति बढेको रूपमा विश्लेषण गरिएको हो ।


बैंकिङ समूहका लगानीकर्ताको सम्पत्ति भने १०.३८ अंकले घटयो । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँचै दिन खुला रहयो ।

प्रकाशित : माघ ६, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?