१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

नेपाल–भारत वाणिज्य सहसचिवस्तरीय वार्ता, व्यापार घाटामा भारतको चासो

पोखरा — नेपाल–भारत वाणिज्य सन्धिसम्बन्धी सहसचिवस्तरीय दोस्रो बैठक बिहीबार पोखरामा सुरु भएको छ । परराष्ट्र, कानुन, अर्थ मन्त्रालयका प्रतिनिधिसमेत सम्मिलित बैठकमा नेपाली टोलीको नेतृत्व रविशंकर सैंजु र भारतीय टोलीको नेतृत्व भुपिन्दरसिंह भल्लाले गरेका छन् ।

नेपाल–भारत वाणिज्य सहसचिवस्तरीय वार्ता, व्यापार घाटामा भारतको चासो

शुक्रबारसम्म चल्ने बैठकले दुई देशबीच व्यापार सहजीकरणकरणका साझा एजेन्डा तय गर्ने नेपाली टोली संयोजक सैंजुले बताए । ‘गएको साउनमा दिल्लीमा पहिलो बैठक भएको हो,’ उनले भने, ‘धेरै कुरा नयाँ छैनन्, हामीलाई चाहिएका कुरामा यतिबेला भारतीय पक्ष सकारात्मक छ ।’


पारस्परिक रूपमा सुविधा दिनेसम्बन्धी केही बुँदामा संशोधन गर्नुपर्ने र नेपालमा भारतीय लगानीसमेत प्रवद्र्धन हुने गरी वाणिज्य सन्धि पुनरावलोकन गर्नुपर्ने विषयमा छलफल भइरहेको उनले बताए । ‘भारतसँगको व्यापारमा आएका अवरोधका विषयहरूमा हामीले गर्नुपर्ने तयारीका कुराहरूमा पनि छलफल भइरहेको छ,’ उनले भने, ‘एजेन्डा थुप्रै भएकाले यो बैठकले मात्रै सबै समेट्छ भन्ने लागेको छैन । तर, तुलनात्मक रूपमा भारतीय पक्ष लचिलो देखिएकाले हामीले वाणिज्य सन्धिलगत्तै पारवहन सन्धि र रेलसेवा सम्झौतासमेत नवीकरण गर्नुपर्ने भएकाले त्यहीअुनसारको तयारी गरेका छौं ।’


२०६६ कात्तिकमा संशोधनसहित पुनरावलोकन भएको नेपाल–भारत वाणिज्य सन्धि २०७३ कात्तिकमा नवीकरण भएको थियो ।


वाणिज्य सन्धि सात/सात वर्षमा नवीकरण हुँदा संशोधन गर्दै जाने अभ्यास भए पनि बीचमा राजनीतिक संवादमा आएको समस्या अहिले हटेको उनले बताए । ‘हामीसँग मुख्य एजेन्डा हाम्रा कृषि उत्पादन भारतीय बजारमा पठाउँदा सजिलो हुनुपर्‍यो, व्यापार घाटामा सुधार, व्यापारिक उत्पादनका लागि पूर्वाधार सुधारका कुरा पनि छन्,’ उनले भने, ‘यो बैठकमा उठेका एजेन्डामा हामी दुवै पक्षले आआफ्ना स्टेक होल्डरमा लगेर केके गर्न सकिन्छ भनेर पुन: छलफमा बस्छौं ।’


नेपालको बढदो व्यापार घाटा कसरी कम गराउन सकिन्छ भन्नेमा भारतीय पक्ष गम्भीर रहेको पाइएको उनले बताए ।


प्रकाशित : माघ २५, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?