कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दैनिक कारोबार साढे १२ प्रतिशतले बढयो

काठमाडौँ — गएको पाँच कारोबार दिनमा नेप्से परिसूचकमा अपेक्षित सुधार नभए पनि कारोबार रकम करिब साढे १२ प्रतिशतले बढयो । उक्त अवधिमा सेयर कारोबार मापक नेप्से परिसूचक करिब २ प्रतिशतले ऋणात्मक रहयो ।

दैनिक कारोबार साढे १२ प्रतिशतले बढयो

सोही अवधिमा दैनिक औसत कारोबार १२.४२ प्रतिशतले बढयो । यो साता दैनिक औसत ३० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साता दैनिक औसत २६ करोड रुपैयाँको कारोबार भएको थियो । गएको पाँच दिनमा करिब २७ हजार ७ सय कारोबारबाट कुल १ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो ।


उक्त अवधिमा लघुवित्त, होटेल, निर्जीवन बिमा, वाणिज्य बैंक र संस्थापक सेयर समूहका लगानीकर्ताको सम्पत्ति बढयो । तर, जीवन बिमा, उत्पादन तथा प्रशोधन, जलविद्युत्, वित्त कम्पनी र व्यापार समूहअन्तर्गतका लगानीकर्ताको सम्पत्ति घटयो । यसरी घट्ने भन्दा बढ्ने समूहको परिसूचक कम भएपछि साप्ताहिक नेप्से १.९ अंकले ऋणात्मक रहयो ।


गत साता जस्तै यो साता पनि अपर तामाकोसीको सेयरमा लगानीकर्ताको आकर्षण बढयो । यसकारण कुल कारोबारमा जलविद्युत् समूहको हिस्सा पनि बढयो । कारोबार हिस्सा बढ्नुको अर्थ ती कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढ्नु नै हो ।


यद्यपि पछिल्ला साताहरूमा कारोबारको प्रकृति हेर्दा सबै जलविद्युत् समूहको सेयरमा लगानीकर्ताको आकर्षण बढेकाले कुल कारोबार यो समूहको हिस्सा बढेको होइन । ठूलो संख्यामा अपर तामाकोसीको सेयर कारोबार बढेकै कारण जलविद्युत् समूहको हिस्सा बढेको देखिन्छ ।


यो साता अपर तामाकोसी जलविद्युत् कम्पनीको मात्र करिब साढे १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । कारोबार रकम गत साताको भन्दा कम हो । गत साता अपर तामाकोसीको मात्र ४८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।


अपर तामाकोसीको कारोबारमा आकर्षण बढ्नुको विशेष कारण केही छैन । यो कम्पनीबारे बजारमा विभिन्न किसिमको हल्ला फैलाइएको छ । त्यही हल्लाको भरमा परेर लगानीकर्ताले लगानी बढाएकाले कारोबार हिस्सा धेरै देखिएको एक धितोपत्र ब्रोकर बताउँछन् । बजारमा कम्पनीको वास्तविक अवस्था नबुझी हल्लाको भरमा लाग्ने लगानीकर्ताको जमात धेरै भएकाले बेला बेलामा यस्ता घटना देखिँदै आएको उनको भनाइ छ ।


साप्ताहिक कारोबारमा अपर तामाकोसी, नेपाल बैंक र नेपाल दूरसञ्चार कम्पनी सबैभन्दा बढी कारोबार हुने कम्पनीको सूचीमा क्रमश: प्रथम, दोस्रो र तेस्रो स्थानमा रहे । यसैगरी माछापुच्छे बैंकको संस्थापक सेयर, नागरिक लगानी कोष र नबिल बैंकको संस्थापक सेयर क्रमश: चौथो, पाँचौं र छैटौं स्थानमा रहे । बाँकी चार कम्पनी (नेपाल इन्स्योरेन्स, नेपाल इन्भेस्टमेन्ट बैंक, एनएमबी बैंक र छिमेक लघुवित्त) क्रमश: सातौंदेखि दसौं स्थानमा रहेको नेप्सेले जनाएको छ ।


विगतका साताजस्तै यो साता पनि नियमित कारोबारका लागि बजार पाँच दिन नै खुला रहयो । उक्त अवधिमा सरकारी र अन्य संस्थागत ऋणपत्रहरूको कारोबार भएन । यो साता हाम्रो विकास बैंकको बोनस तथा सीटी एक्सप्रेस फाइनान्सको र सहारा विकास बैंकको हकप्रद सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

प्रकाशित : माघ २७, २०७५ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?