कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको शिलान्यास

कृष्ण थापा

काठमाडौँ — माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले आइतबार किस्पाङ गाउँपालिका–५ पैरेबेंसीमा आयोजनाको शिलान्यास गरेका छन् ।

माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको शिलान्यास

३७ मेगावाट क्षमताको उक्त आयोजना नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को मुख्य लगानीमा निर्माण हुन लागेको हो । स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री केपी ओली नआएपछि उर्जामन्त्री पुनले शिलान्यास गरेका हुन् । मन्त्री पुनले आयोजना समयमा सम्पन्न गरेर जनताको विश्वास जित्ने बताए । ‘अधिकांश आयोजना समयमा काम नहुने र त्यसको लाभमाथि अविश्वास बढ्ने गरी काम हुनेछ,’मन्त्री पुनले भने ।

मन्त्री पुनले आगामी फागुन २ गते प्रधाममन्त्रीबाट जनताको जलविद्युत् आयोजना सुरुआत गर्न गइरहेको जानकारी दिए । त्यसअन्तर्गत १९ वटा आयोजना छन् । ती ३५ सय मेगावाट आयोजनाहरु रहेको र नाफामूलक भएकाले सम्पूर्ण नेपाली जनता सहभागी उनले बताए । ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्‌को शेयरधनी,’ नारा अन्तर्गत जनताको जलविद्युत् आयोजना प्रधानमन्त्रीबाट उद्घाटन गर्न गइरहेको उनले बताए ।

कार्यक्रममा नेकपाका सांसद हितबहादुर तामाङ र नारायणप्रसाद खतिवडाले त्रिशूली ३ बी आयोजनाले लोडसेडिङ हुनबाट जोगाउने विश्वास व्यक्त गरे ।

प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका अध्यक्ष कुलमान घिसिङले माथिल्लो त्रिशूली ३बी तोकिएको समयभन्दा अगाडि निर्माण गर्न सकिएमा मुलुकभर भरपर्दो र नियमित विद्युत् आपूर्ति गर्न योगदान पुग्ने बताए । इन्जिनियरिङ, खरिद तथा निर्माण (इपीसी ) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङसँग २९ माघ २०७४ मा ३ करोड १८ लाख ४७ हजार अमेरिकी डलर र १ अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार, ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण तथा जडान गर्ने छ ।

सिचुवान कम्पनीका सिइओ वाङ वेनले सबैको साथ पाएमा समयमा आयोजना निर्माण सम्पन्न गर्ने बताए । ३ वर्ष निर्माण अवधि रहेको आयोजनाले २९ फागुन २०७७ भित्रमा बिजुली उत्पादन थाल्ने उनले बताए ।

प्रकाशित : माघ २७, २०७५ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?