मेलम्चीको धरौटी लिन टोली चीनमा

कान्तिपुर संवाददाता

काठमाडौँ — मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टी भुक्तानीसम्बन्धी मुद्दाको सुनुवाइको लागि बैंक अफ काठमाडौंले कानुनी परामर्शदाताको टोली चीन पठाएको छ । चीनको न्यायालयमा शुक्रबार मुद्दाको सुनुवाइ हुँदै छ । 

बैंकले मेलम्ची खानेपानी आयोजनालाई ६६ लाख २० हजार अमेरिकी डलर र १४ लाख युरो बराबरको ग्यारेन्टी जारी गरेको थियो ।


मेलम्ची आयोजनाको तत्कालीन ठेकेदार चाइना रेल्वे १५ ब्युरो ग्रुपको चाइना कन्स्ट्रक्सन बैंकमार्फत काउन्टर ग्यारेन्टी प्राप्त गरेको आधारमा बीओकेले मेलम्ची आयोजनाका लागि ग्यारेन्टी जारी गरेको थियो ।


आयोजनाले २०६९ असोज ९ गते चिनियाँ ठेकेदारले सन्तोषजनक काम नगरेको भन्दै ठेक्का सम्झौता रद्द गरेको थियो । आफूसँगको ठेक्का तोडिएपछि चिनियाँ कम्पनीले बैंक अफ काठमाडौंलाई काउन्टर ग्यारेन्टीको भुक्तानी तिर्न नपर्ने भन्दै मुद्दा दायर गरेको थियो । चीनको अदालतले चिनियाँ ठेकेदारको पक्षमा फैसला गरेपछि बैंक अफ काठमाडौंले भ्याकेट गराएको हो ।

प्रकाशित : फाल्गुन २, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?