कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

‘कान्तिपुर कन्क्लेभ’ भोलिदेखि : ११ वटा सत्र, ५१ जनाको बहस

‘छलफलमा विकास, लगानी, उद्यमशीलता, व्यावसायिक वातावरण, साहित्य, सामाजिक–आर्थिक समृद्धि र वैदेशिक रोजगारका विषय समावेश गरिएका छन्’
कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले आयोजना गर्न लागेको ‘कान्तिपुर कन्क्लेभ’ आइतबार सुरु हुने भएको छ । दुई दिनसम्म चल्ने कन्क्लेभमा छलफलका अधिकांश विषय अर्थतन्त्रका विद्यमान मुद्दा र अवसरमा केन्द्रित रहनेछन् ।

‘कान्तिपुर कन्क्लेभ’ भोलिदेखि : ११ वटा सत्र, ५१ जनाको बहस

केएमजीको यो पहिलो सार्वजनिक बहसका ११ वटा सत्रमा ५१ जनाबीच बहस हुनेछ । यसबाहेक अन्य सहभागीले समेत छलफल सत्रका विषयवस्तुमाथि प्रश्नोत्तर र बहस गर्न पाउनेछन् ।

‘छलफलमा विकास, लगानी, उद्यमशीलता, व्यावसायिक वातावरण, साहित्य, सामाजिक –आर्थिक समृद्धि र वैदेशिक रोजगारका विषय समावेश गरिएका छन्,’ कन्क्लेभबारे जानकारी दिँदै केएमजीले भनेको छ ।

आइतबार उद्घाटन र एउटा छलफल हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली, विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका देशीय निर्देशक आइडाह स्वाराई रिद्धिहौ र बिरला कर्पोरेसनका कार्यकारी अध्यक्ष सन्दीप घोष कान्तिपुर कन्क्लेभको मुख्य वक्ता हुन् । त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा र सात वटै प्रदेशका मुख्यमन्त्रीहरू छलफलमा सहभागी हुने कार्यक्रम छ । अर्थशास्त्रीहरू, साहित्यकार र पत्रकारहरूले विभिन्न सत्रमा छलफल गर्नेछन् ।

मुख्यमन्त्रीहरूसँग मुखामुख, विश्वमा नेपालको अवस्था, फर्केर के पाइन्छ ?, महिला पुरुषको दाँजोमा कहिले ?, पैसा कहाँ छ ?, पौरखी प्रवासी र मूलदेश, के नेपाल गर्न सक्छ ? प्रमुख छलफलका सत्रहरू हुन् ।

यी सबै छलफल कन्क्लेभको दोस्रो दिन सोमबार हुनेछन् । पहिलो दिनको ‘युथ फर नेपाल’ छलफलमा लेक्स लिम्बु, मिस नेपाल शृंखला खतिवडा, टुटलका सह–संस्थापन क्षितिज भट्ट, बौद्ध धर्म संग्रहालयकी संस्थापक सुम्निमा उदासबीच छलफल हुने कार्यक्रम छ ।

कान्तिपुर पब्लिकेसन्सको २६ औं वार्षिकोत्सवको अवसरमा हुने सार्वजनिक बहसका अधिकांश सहभागी युवा छन् ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?