एलआईसीको ‘जीवन साथी’
काठमाडौँ — एलआईसी नेपालले ‘रहनेछ साथ, जीवनपश्चात्’ भन्ने सन्देशका साथ ‘जीवन साथी’ नामक जीवन बिमा योजना बजारमा ल्याएको छ । १८ देखि ६० वर्ष उमेरका व्यक्तिले यो जीवनबिमा योजना लिन सक्ने जारी विज्ञप्तिमा छ ।
न्यूनतम बिमांक रकम २ लाख रुपैयाँ कायम गरिएको छ भनेअधिकतम बिमांकको सीमा बिमा अन्डरराइटिङ नियमअनुसार जति पनि लिन सकिने जनाइएको छ ।यस योजनामा बिमा अवधि १५ वर्षको हुने कम्पनीले जनाएको छ । बिमा अवधिमा बिमितकोनिधन भए बिमांक र बोनस रकम निजका श्रीमान्/श्रीमतीलाई प्रदान गरिने र बाँकी अवधिकालागि निजको श्रीमान्/श्रीमतीलाई बिमांकको ५० प्रतिशत नि:शुल्क जीवन बिमा जोखिम बहनगरिने कम्पनीले जनायो ।